Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

संघीय संरचना प्रदेशको आधारमा बने पनि राजनीतिक दलहरूको कुमानसिकताका कारण मिथिलालाई स्थापित नगरिएको कापडीको भनाई

प्रतिक्षा खबर
२०७९ बैशाख १९, सोमबार ००:२२

महोत्तरी १८ बैसाख
मिथिला राज्यको माग गर्दै धर्नामा बसेकाहरुलाई लक्षित गरी जनकपुरधाम गरिएको बम विस्फोटको घटनाका आज १० वर्ष पूरा भएको छ । २०६९ साल वैशाख १८ गते आजकै दिन जनकपुरधामको रामानन्दचोकमा बम विस्फोट हुँदा ५ जनाको मृत्यु भएको थियो । मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै शान्तिपूणर् धर्ना बसेको बेला विहान करिब ११ बजे सुनियोजित ढंगले गराइएको बम विष्फोटमा ५ जनाको ज्यान जानुका साथै विस्प़mोटनमा परी दर्जनौं व्यक्ति घाइते भएका थिए ।
बम विस्फोटमा मिनापकी दिग्गज कलाकार रंजु झा सहित झगरु मण्डल, विमल शरण दास, दिपेन्द्र दास, सुरेश उपाध्यायको मृत्यु भएको थियो । बम विस्फोट घटनाका मुख्य योजनाकार मानिएका पूर्वसांसद संजयकुमार साह सहितले जन्मकैदको सजायमा कारागार जीवन बिताइरहेका छन् भने घटनामा संलग्न रहेको आरोपमा मुकेश चौधरी, राजन मुक्ति लगायत आधा दर्जन अभियुक्तहरु समेत दोषी करार दिइएको थियो ।
१०औं बलिदानी दिवसमा मिथिला राज्य संघर्ष समितिका संयोजक परमेश्वर कापडीले नेपालको संघीय संरचना प्रदेशको आधारमा बने पनि राजनीतिक दलहरूको कुमानसिकताका कारण मिथिलालाई स्थापित नगरिएको बताए। ’उनीहरुको सपना थियो, मिथिला मैथिलीको पहिचानसहित संघीय संरचनामा मिथिला राज्य कायम होस्। तर, मधेसीयाहरुको राजनीतिक बदमासीका कारण षडयन्त्रपूर्वक रोकियो ।’ उनले भने ।
आफुहरुको आन्दोलन सम्पूणर् मिथिलाका लागि भएपनि मिथिला आन्दोलनको क्रममा भएको बम विस्फोटनको घटनापछि आफुहरुलाई वेवास्ता गरिएको बम विस्फोटन घटनाका घाईते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का निर्वतमान अध्यक्ष रमेश ठाकुरले दुखेसो पोखे । उनका अनुसार मिथिला राज्य संघर्ष समितिले मिथिला राज्य माग गर्दै बसेको धर्नाको क्रममा भएको विस्फोटनमा परी उनको पेट पूणर् रुपले फुटेको थियो । गम्भीर घाईते भएका उनलाई तत्कालै स्थानीय अस्पतालमा सामान्य उपचार गरी काठमाण्डौ लगिएको थियो ।
‘आन्दोलनको क्रममा मेरा पेट नै फुटेको थियो, निधन भएका बाहेकमा सबैभन्दा बढी चोट मलाई नै लागेको थियो ।’ ठाकुरले भने ‘ जसो तसो बाच्न सफल भए अहिले पनि बमका केही टुक्राहरु मेरो पेटभित्रै छन् ।’ विस्फोटनमा परि घाईते हुँदाबखतको उपचार खर्च राज्यले नै ब्यहोरेको उनले बताए । ‘विस्फोटनमा परी गम्भीर घाईते मलाई तत्कालै काठमाण्डौ लगियो ।’ उनले अगाडी भने ‘त्यसबेलादेखि सुरु भएको उपचार म डिस्चार्जहुँदासम्मको उपचार खर्च राज्यले नै व्यहेरेको थियो ।
’ मिथिला राज्य मागका लागि गरेको आन्दोलनले शरीरमा दिएको रोगले अहिले पनि आफुलाई आफुमाथि नै ग्लानी भईरहेको गुनासो गरे ।
’ बम काण्ड भएको वर्षौ बितिसक्दा पनि आन्दोलनले कुनै उपलब्धी प्राप्त नभएको उनको भनाई रहेको छ । ‘वर्षभरी कसैलाई केही याद आउँदैन, आजको दिन सबैले मृत्युभएका फोटोहरु राखी विभिन्न भाषण दिन्छन् ‘फेरी वर्षभरीका लागि बिर्सिन्छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर