गोपाल झा
महोत्तरी , ११ चैत
तत्कालीन राजपा बाट निर्वाचित एवं महोत्तरी जिल्लाको एकडरा गाउँपालिकाकी उपाध्यक्ष महजवी खातुनलाई पार्टीले निष्कासन गरेपछी चौबिस घण्टा न बित्दै शुक्रबार जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेकी छिन् ।
खातुनलाई जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अबिर,माला र गम्छा लगाएर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा केन्द्रिय सदस्य हरिनरायन यादव, कृष्ण शंकर साह, पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहा रहेको जसपा नेपालका जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साहलगायतको उपस्थिति थियो ।
बिहीबार पार्टीको निर्देशनविपरीतका क्रियाकलापमा संलग्न भएको भन्दै उपाध्यक्ष खातुनलाई साधारण सदस्य समेत न रहने गरी पार्टीबाट निष्कासन गरीएको थीयो । तत्कालीन राजपा नेपाल बाट चुनाव जितेकी उपाध्यक्ष खातुनलाई आफ्नै पार्टी लोकतान्त्रिक समाजवादी पार्टीले कारबाही गरेको हो । महोत्तरी जिल्ला कार्यसमितिले विज्ञप्ति जारी गर्दै उपाध्यक्ष खातुनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टीको निती निर्देशन न मानी पार्टीको प्रतीष्ठा र मर्यादामा आँच आउने पदीय आचरण र पार्टीको निर्देशनविपरीतका क्रियाकलापमा सहभागी हुँदै आएको भन्दै पार्टीबाट निर्बाचीत एकडारा गा.पा.की उपाध्यक्ष खातुनलाई कारबाही गर्नुपरेको लोसपा महोत्तरीका अध्यक्ष रामबाबु साहले जानकारी दिए ।










































































































