Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

ग्याँस चुल्हो वितरणमा विभेद गरिएको भन्दै सोनमा गाँउपालिकाको कार्यालय दिनभरि नै तनावग्रस्त

प्रतिक्षा खबर
२०७८ फाल्गुन ३, मंगलवार २१:३५

ग्याँस चुल्हो वितरणमा विभेद गरिएको भन्दै स्थानियहरुले महोत्तरीको सोनमा गाँउपालिका कार्यालय दिनभरि नै घेराउ गरेका छन् । गाँउपालिकाको कार्यालयले ग्याँस चुल्हो वितरणमा विभेद गरेको भन्दै वडा नम्बर २का स्थानियले मंगलवार दिनभरि नै नारावाजी गरेका थिए ।जसको कारण कार्यालय परिसर तनावग्रस्त रहेको थियो । घेराउ गर्नका पुगेका वृद्धवृद्धा, महिलाहरुलाइ शैलेन्द्र कुमार यादवले गाउँपालिकामा ग्यस सलेन्डर दिन्छ भनी माइकिंग गरी बाेलाएर ल्याएकाे सहभागी महिलाहरुले भनेका थिए ।युवाहरुले वितरण गरिएको सामग्रीको विवरण वडा १मा गाउँपालिका अध्यक्षले नै वितरण गरेकाे भनी सार्वजानिक गर्नुपर्ने माग राखेका थिए ।
गाँउपालिकाका अध्यक्ष राजकुमार यादवले चुनाव नजिकमा आएको समयमा अध्यक्ष यादवले मनपर्दी रुपमा सो सामग्रीहरु वितरण गरेकोे सहभागिहरुले
बताए । उनले भने, ‘गाँउपालिका कार्यालयले पारदर्शीरुपमा सो सम्बन्धमा स्पष्ट धारणा वाहिर ल्याुनपर्छ । तत्काल माग सम्बोधन नभए गाँउपालिकाको विरोधमा आन्दोलनको कार्यक्रम निरन्तर रुपमा अगाडि बढ्नेछ ।’
यसअघि अध्यक्ष यादवले वारम्बार पालिकाको तर्फबाट सम्बोधन गर्ने प्रयास गर्दा हुटिङ्ग गर्दा परिस्थिती अझ विग्रिएको प्रहरी चौकी रघुनाथपुरका असई दिपेन्द्र जयसवालले बताए । विवाद साम्य गर्ने क्रममा केही समय स्थिती तनावग्रस्त भएको जयसवालले जानकारी दिए ।
चालु आर्थिक बर्षको ३० लाख बजेटमार्फत पालिकाभरिका लोपोन्मुख, दलित समुदायलाई ग्याँस चुल्हो वितरण गरिएको गाँउपालिकाका अध्यक्ष राजकुमार यादवले बताएको छ ।
अध्यक्ष यादवले भने, ‘पालिकाबाट वितरण भएको सामग्रीमा कुनै किसिमको भेदभाव गरिएको छैन् । वडा वडाबाट संकलित तथ्यांकको आधारमा नै सामग्री घरघरमा गई वितरण भएको हो ।’ प्रति घरपरिवारलाई १ थानका दरले ३ सय ४० वटा ग्याँस चुल्हो वितरण गरिएको प्रमुख यादवले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर