रामगाेपालपुर, । महाेतरीकाे औरही नगरपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै संयुक्त संघर्ष समितिले थालेको रिले अनसनले लगाउदै गरेकाे अराेपकाे सार्बजनिक नगरेपछि पुनः धार्ना कार्यक्रम शुरु गरेकाे छ ।यसभन्दा पहिलापनि समितिले विभिन्न मागसहित रिले अनसन थालेको थियाे ।विगत यता विभिन्न पार्टीहरुकाे अधिवेशन लगायतका कार्यक्रम रहेकाले साे कार्यक्रम स्थकित गरेकाे थियाे । धार्ना कार्यक्रम शुरु गर्नुभन्दा एकदिन पहिला जलेश्वरमा पत्रकार समेलन गराइ सबैलाइ जानकारी गराएकाे थियाे । नगरपालिकामा लामाे समयदेखि चलदै गरेकाे कार्यक्रमले मेयर यादवलाइ कुनै प्रभाव परेकाे छैन । यहिलेसम्म माग सम्वोधन गर्नेतर्फ सरोकारबालाको ध्यान पुगेको छैन् । यसैबीच समितिले नगरका वुद्धिजिवी, नागरिक समाज, युवा र सामाजिक अगुवाहरुसँग छलफल गरी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ ।
निर्णयअनुसार कार्यक्रमलाइ जारी नै राख्ने नगरपालिकाभरी बजारमा भ्रष्टाचारविरुद्ध जागरण सभा आयोजना गर्ने । आन्दोलनलाई थप सशक्त बनाउन समितिका सबैजना धार्नामा बसेर अनमितताकाे भन्डाफाेर गराउनमा लागेका छन ।
यस्तो छ संघर्ष समितिले उठाएका मागः
क. नगरपालिकामा प्रधानमन्त्री युवा सराेजगार काेषकाे रकमकाे हरहिसाब,सार्बजनिक गराउनु ।
ख. काेभिड १९काे बेला गरेकाे खर्चकाे रकम सार्वजनिक गर्नु ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयमा नगरपालिकामा भएको भ्रष्टाचार विरुद्ध दर्ता भएका सबै उजुरी उपर तत्काल छानबिन सुरु गर ।
ग.नयायिक समितिकाे बजेट लागू गरियाेस।
घ. नगरपालिकाकाे स्वामित्वमा रहेकाे जिन्सि समानहरु डाेजर ,टृेकटर लगायकाे समानहरुकाे खर्च सार्बजनिक गराेस ।
ङ. नगरपालिकामा एम्बुलेन्स दमकल लगायतकाे समानहरुकाे व्यवस्थापन गरियाेस ।
च.पत्र पत्रिका,रेडियाे लगायतकाे नाममा खर्च गरिएकाे रकमकाे सार्बजनिक गरियाेस लगायत १९सुत्रिय माँग राखि धार्ना कार्यक्रम शुरु गरिएकाे छ । याे कार्यक्रम ३र४गतेसम्म चल्ने विज्ञेप्तिमा उलेख गरिएकाे छ ।









































































































