Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

महाशिवरात्री आज, मंगल नाथ लगायत शिव मन्दिरमा भक्तजनको भीड

प्रतिक्षा खबर
२०७६ फाल्गुन ९, शुक्रबार ०७:५२

प्रतिक्षा खबर समाचारदाता,

प्र्त्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी शुक्रबार देशभर मनाइँदै छ।

माहा शिवरात्री महोत्तेरी जिल्लाको मंगलनाथ महादेव लगायत शिव मन्दीर हरुमा भक्तजनहरु को भिड लगेको छ। मंगलनाथ मन्दिरमा आज बिहानै देखि भिड लागेको छ। चार दिन सम्म लाग्ने यस मेलामा विभिन्न किसिमको खेलकुद का साथै खेल तमासाहरु गरिने छ।

फोटो- प्रतीक्षा खबर

जिल्लाका जलेसर नाथ महादेव, टुटेसर नाथ महादेव, मंगलनाथ महादेव आदि स्थानहरुमा बिहानै देखि भिड लागेको छ।

यस्तै श्रधालु भक्तजनहरुको लागि पर्यटकिय स्थलमा भिड लागेको छ सम्बन्धी तयार पारिएको एक रिपोर्ट………
महोत्तरी जिल्लाको सोनमा गाउपालिका ६ मगर थाना स्थित मंगल नाथ महादेव पुर्वकाल देखि जलमै बसेर भक्त जन हरुको इच्छा पूरा गरीरहेको छ। करिव २०-२५ फिट पानी को तल बसेर भक्त जन हरुले मागे अनुसार को फल दिने गरेको छ।
नेपाल भ्रमण बर्ष २०२० लाई मध्यनजर गर्दै महोत्तरी समाज उत्थान संस्थाले यस मन्दीर लाई पर्यटकिय स्थलको रुपमा बिकास गर्ने गराउने कार्यमा लागेको कुरा संस्थाका अध्यक्ष धर्मेन्द्र कुमार यादब ले बताएका छ्न।

गाउका बुढा पाका हरुलाई पनि ईतिहास जानकारी नभएको मंगल नाथ महदेवको छुटै महत्व रहेको छ।

महोत्तरी जिल्लाको महत्वपुर्ण पर्यटकिय स्थलहरु मध्ये एक मंगल नाथ महादेव पनि पर्छ। सदरमुकाम जलेश्वर भन्दा करिब ३० कि मि पश्चिममा पर्ने यो पर्यटकिय स्थल जलमा बस्ने एउटै जिल्लामा दोस्रो महादेव हो, जिल्लाको जलेश्वरमा जलेश्वर महादेव र मंगल नाथ महादेव रहेको छन ।
कहिले पनि पानी नसुक्ने यस मंन्दिरमा पानी भित्र २ फिट उचाइ र करिब ५-६ फिट मोटो रुद्राक्ष जस्तो शिवलिङ रहेको छ। मन्दिर सहित प्रकट भएको कुरा मन्दिरमा भएका शिलाहरुको बनावट बाट प्रष्ट हेर्न सकिन्छ । मन्दिरको उत्पती करिब १०० सालमा भएको होला भने कुरा शिलामा आपरुपी लेखिएको छ। ४०-५० बर्ष पहिले पुरानो मन्दिर लाई तोडेर गाउलेको सहयोगमा ठूलो आकर्षण मन्दिरको निर्माण गरिएको छ।
पर्यटकिय रुपमा पनि बिकास भइरहेको यस मन्दिरमा गाउकै दुई जनाले पार्वती र गनेश भगवानको मन्दिर निर्माण गरेका छन। यस मन्दिर परिसरमै एउटा इनार र मन्दिरको पुर्व पट्टि ठूलो पिपलको रुख आकर्षणको रुपमा रहेको छ , त्यस भन्दा पुर्व शिवसागर नामको पोखरी रहेको छ। मन्दिर भन्दा करिब ४०० मिटर उत्तरमा एउटा अर्को इनार रहेको र यस इनारको पनि ईतिहास मन्दिर संगै जोडिएको कुरा मन्दिरका पुजारी राज देव गिरी ले बताएका छन।
प्रत्येक साल फाल्गुण शिवरात्रीमा चार दिन सम्म ठूलो मेला लाग्ने गर्छ, त्यस्तै श्रावन महिनामा प्रत्येक सोमबारका दिन सिरहाको उत्तर बाहिनी कमला नदि बाट जल ल्याएर चढाउने गरिन्छ, त्यस्तै बर्ष भरिनै आइतबारका दिन श्रधालुद्वारा जल चढाउने गरिन्छ भने कुरा स्थानिय अशेसर प्रसाद यादवले जनाएका छन।

शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शनिबार बेलुकी १८ः३७ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले यसैदिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर