Advertisement
ताजा खबर
रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता

☰

डा गाेविन्द केसीकाे अवस्था गम्भीर हुन थालियो

प्रतिक्षा खबर
२०७७ आश्विन १८, आईतवार १७:१९

प्रतिक्षा खबर
काठमाडौं, असोज १८ गते ।
त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ ।
२१ दिनदेखि अनसनरत डा. केसीलाई छातीमा अत्यधिक पीडा महसुस भएको र शरीरमा अक्सिजनको मात्रा पनि घट्दै गएको छ ।
केसीको साथमा रहेका सहयोगी डा. तोसिमा कार्कीका अनुसार करिब एक घण्टाअघिदेखि उनलाई छातीमा निकै पीडा महसुस हुन थालेको छ ।
‘स्याचुरेसन (शरीरमा अक्सिजनको मात्रा) झर्न थालेपछि हामीले डा. सुवास आचार्यलाई बोलायौं । उहाँले हेरेर अहिले अक्सिजन दिन थालिएको छ । शरीरमा चाहिने इलेक्ट्रोलाइटको कमी हुँदा फोक्सोले शरीरलाई चाहिने मात्रामा अक्सिजन लिन नसकेकाले अहिले ६ लिटर अक्सिजन सपोर्ट दिइएको छ,’ उनले भने ।
डा. केसीले अक्सिजनबाहेक अन्य कुनै औषधि नलिने बताएको उनले बताए । केसीको उपचारको नेतृत्व गरिरहेका शिक्षण अस्पतालको क्रिटिकल विभाग प्रमुख डा. सुवास आचार्यले उनलाई कुनै पनि बेला आईसीयूमा सारेर उपचार शुरु गर्नुपर्ने अवस्था आउन सक्ने जानकारी दिएको पनि उनले बताए । उनका अनुसार केसीको रक्तचाप पनि घट्दै गएको छ ।
टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर