Advertisement
ताजा खबर
लुम्बिनीका तीन सांसदसँग जसपा नेपालले माग्यो २४ घण्टे पुनः स्पष्टीकरण मधेसवादी दललाई सरकार बाहिर राख्न कांग्रेस, एमाले र नेकपा एकमत सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण ड्युटीमा खटिएको प्रहरीलाई कुटपिट गर्ने युवकविरुद्ध ५ दिन म्याद थप दूधको मूल्य नपाएर सडक आन्दोलनमा उत्रिन बाध्य किसानहरूको पक्षमा सर्वोच्चकाे ऐतिहासिक फैसला साेनमा गाउँपालिकाबाट अशाेक कुमार यादव बने ‘स्टार वडाध्यक्ष’  रवि लामिछानेको चीन भ्रमण स्थगित तीन वर्षीया बालिका घर नजिकै मृत फेला अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समिति गठन, आठ जिल्लाको जिम्मेवारी बाँडफाँट मन्दिरमा चोरी गर्दागर्दै रहमान मियाँ पक्राउ

जनकपुर ल्याबकाे काेराेना पोजेटिभ रिपोर्ट, काठमाडौंमा नेगेटिभ

प्रतिक्षा खबर
२०७७ भाद्र २०, शनिबार १३:०१

नितेश यादव-
जनकपुरधाम, भदौ २० गते ।
कोरोना संक्रमणबाट महोत्तरीको मनरासिसवा नगरपालिका–४ का ४० वर्षीय स्वास्थ्यकर्मीको भदौ १० गते मृत्यु भयो । मृतक स्वास्थयकर्मीको सम्पर्कमा आएकाहरुको खोजीकार्य सुरु भयो । कन्टयाक्ट ट्रेसिङको आधारमा ७८ जनाको स्वाब संकलन भयो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा स्वाबको पिसिआर परिक्षण भयो
स्वाब संकलनपछि भदौ १६ गते मंगलबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएका परीक्षण मध्ये ५ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखियो । पोजेटिभ देखिएका ५ जना मध्ये ३१ वर्षीय पुरुषले रिपोर्ट आउनु भन्दा अगाडि नै ललितपुरस्थित स्टार हस्पिटलमा पुनः आर टी पीसीआर परीक्षण गराउँदा गएको शनिबार उनको रिपोर्ट निगेटिभ आएको छ ।
जनकपुरको ल्याबमा पोजेटिभ देखिएका मध्ये कन्ट्याक्ट् टैसिंगमा परेका अर्का एक जना महोत्तरीको मनरा सिस्वा नगरपालिका ४ कै ५० वर्षीय पुरुषको पनि कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि ती पुरुषले पनि ललितपुरस्थित स्टार हस्पिटलमा कोरोना परीक्षण गराएका थिए ।
परीक्षण गराएपछि उनको कोरोना रिपोर्ट भने बिहीबार निगेटिभ आएको देखिएको छ । ७८ जना मध्ये अन्य ६२ जनाको पीसीआर रिपोर्ट आइनसकेको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरको यस्तो फरक रिपोर्टले विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । जनकपुरको प्रयोगशालामा पोजेटिभ रिपोर्ट र उपत्यकाको रिपोर्ट निगेटिभले कहाँको रिपोर्टमा विश्वास गर्ने भन्नेमा दोधारमा परेका छन् । कुन ठाउँको रिपोर्ट सही हो या कुन ठाउँको रिपोर्ट गलत हो छुट्याउन समेत निकै कठिन भएको स्थानीय मनोज सहनी बताउँछन् ।
‘यस्तो दाेधारो नतिजाले संक्रमण जचाउने व्यक्तिलाई त कठिन हुन्छ नै गाउँमा पनि त्रास फैलिएको छ’ सहनीले भने, ‘यसले गर्दा ती व्यक्ति संक्रमित छ वा छैन भन्न मिल्न सकेको छैन ।
दुई ठाउँको दुई नतिजा भएकोले उनीहरु संक्रमित भएको हो वा होइन भन्न पनि सहज नभएको सहनीले बताए । यो कुनै प्रयोगशालाको लापरवाहीले गर्दा यस्तो भएको छ कि जाँच गर्ने मेसिन नै खराब भएकोे हो भन्ने कतिको जिज्ञासा छ ।
कोरोना परीक्षण गराएका ती दुबै जनामा भने कोभिड–१९ को कुनै लक्षण देखापरेको छैन ।
यता प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरका निर्देशक डा. श्रवणकुमार मिश्रले १/२ दिनको फरकमा परीक्षण गराउँदा रिपोर्ट फरक आउन सक्ने बताए । कोभिड–१९ को विभिन्न पाटोहरु भएकोले एक जना संक्रमितमा करिब तीन महिना सम्म शरिरका भागहरुमा भाइरसको पाटोहरु रहन सक्ने भएकाले रिपोर्ट निगेटिभ पोजेटिभ भइरहने डा. मिश्रले बताए ।
‘स्वाब संकलन पनि राम्रो सँग गरेन भने नतिजा निगेटिभ आउन सक्छ, डा. मिश्रले भने, ‘यहीको पोजेटिभ मानिसको जाँच गर्ने व्यक्तिले डराइ डराइ स्वाब संकलन गर्याे भने उसको रिपोर्ट निगेटिभ आउँछ
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरको रिपोर्ट गलत नरहेको डा.मिश्रले दाबी गरेका छन् । उनका अनुसार ती व्यक्ति संक्रमित हो वा होइन भन्ने कुरा पीसीआर परीक्षण भन्दा उनमा लक्षण नभए संक्रमित हुन सक्दैनन् ।टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर