Advertisement
ताजा खबर
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

निजी अस्पतालले बिरामी भर्ना नलिएकाे भन्दै वीरगन्जमा प्रदर्शन

प्रतिक्षा खबर
२०७७ श्रावण २५, आईतवार १२:५४

तिवारी यादव,
वीरगन्ज
२०७७ श्रावण २५
पर्सामा पछिल्लो समय कोरोना संक्रमण बढेसँगै वीरगन्जका निजी अस्पतालले अन्य बिरामी भर्ना गर्न नमानेपछि वीरगन्जवासी प्रदर्शनमा उत्रिएका छन् ।
गएको तीन दिनयता अस्तालले भर्ना गर्न नमानेकै कारण उपचार अभावमा वीरगन्ज महानगरपालिकाका तीनजनाले ज्यान गुमाउएका थिए । उपचार नै नपाएर बिरामीले ज्यान गुमाउनु पर्ने अवस्था पुन: नदाेहाेरियाेस भनेर महानगरवासी प्रदर्शनमा उत्रिन पुगेका हुन् ।
उनीहरूले नारायणी अस्पतालको इमर्जेन्सीसहितको सबै सेवा सुचारु गर्न र उपचार विना बिरामी फर्काउने अस्पताललाई कारवाही गर्न माग गर्दै नारायणी अस्पताल अगाडि प्रदर्शन गरेका हुन् ।
जिल्लामा पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने र नयाँ संक्रमित निरन्तर बढिरहेकाले वीरगन्जका निजी अस्पतालले अन्य राेगका बिरामीकाे पनि उपचार नै नगरी गेटबाट फर्काउन थालेका छन् ।
यही २१ साउनमा जिल्ला प्रशासन कार्यालय पर्साले कुनै पनि किसिमको बिरामीलाई उपचार नगरी फर्काएको पाइएमा त्यस्ता अस्पतालहरुलाई कारवाही गर्ने चेतावनी दिएको थियाे।
प्रशासनकाे चेतावनीपछि पनि उपचारका लागि अस्पताल पुगेका विरामीहरुलाई विभिन्न बहाना देखाएर फर्काउने गरेको नगरवासीको आरोप छ । नाँया पत्रिका

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर