Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

गजेन्द्र नारायण सिंह अस्पतालको सर्जिकल र आकस्मिक सेवा बन्द

प्रतिक्षा खबर
२०७७ श्रावण २३, शुक्रबार २२:०३

शुभ नारायण यादव-
राजविराज, साउन २३ गते ।
सपतरिमा ३४ जना स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको अाजदेखी सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित कुमार झाका अनुसार साे असपतालका ७ जना स्वास्थ्यकर्मी आइसोलेशनमा र ४ चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा भर्ना भएका कारण सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको जानकारी दिएका छन् ।
स्वास्थ्यकर्मी संक्रमित हुँदै जाने र अर्को तिर आकस्मिक कक्ष, ओपिडि, इन्डोर र गाइनोका साथै आइसोलेशनमा पनि स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने स्थितिका कारण जनशक्तिको चरम अभाव भएको बताउँदै डा. झाले यसतर्फ प्रदेश र संघीय सरकारबाट आवश्यक पहल हुनुपर्ने आग्रह समेत गरेका छन् ।
सात दिनमा ७ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको र उनीहरुको सम्पर्कमा आएका चार चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टाईमा बस्दा जनशक्तिको चरम अभाव भई स्वास्थ्य सेवा प्रभावित भएको डा. झाको भनाई छ ।
एनेस्थेटिस्टका डाक्टरसमेत क्वारेन्टाइनमा रहेका कारण गाइनोमा पनि शल्यक्रिया सेवा पनि बन्द भएको उनले बताए । बाँकी रहेका ५ जना चिकित्सक र चार जना स्वास्थ्यकर्मी गरि ९ जनाको भरमा अस्पताल संचालन गर्न कठिनाइ भएको उनको भनाई छ ।
यता सप्तरीमा दैनिक संक्रमित फेला पर्दै गएपछि स्थानिय प्रशासनले जिल्लाभर साउन २६ गतेसम्मका लागि निषेधाज्ञा जारि गरेको छ ।
जसकारण बजारहरु सुनसान बनेको छ भने जनजिवन कष्टकर बन्दै गएको छ । जिल्लामा अाज सम्ममा संक्रमितको कुल संख्या ५ सय ५७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यता पछिल्लोपटक जिल्ला प्रशासन कायार्लयले सप्तरी जिल्ला भरि ने निषेधाज्ञा जारि गरेपछि पनि बजार तथा चाेकमा सवारिसाधारणहरुकाे चहल पहलमा कमि देखिएको छ।
यसै बिच सप्तरीमा एकै दिन पाँच स्वास्थ्यकर्मीसहित १८ जनामा कोरोना संक्रमित फेला परेका छन् ।
बिहीबार राति आएको रिपोर्टमा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको इमर्जेन्सी वार्डका चार जना र छिन्नमस्ता अस्पतालका एक हेल्थ असिस्टेन्टसहित पाँच जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भेटिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।
यस्तै सोही रिपोर्टमा छिन्नमस्ता गाउँपालिका(५ का दुई जना उमेर नखुलेका पुरुष, वडा नं. ४ का २५ वर्षीया महिला, राजविराज नगरपालिकाको वडा नखुलेका स्वास्थ्यकर्मीहरू ४०, ४०, ३१ र ३८ वर्षीय पुरुष, राजविराज(४ का ३३ वर्षीय पुरुष र ५५ वर्षीया महिलामा कोरोना सङ्क्रमण देखिएको बताइएको छ ।
त्यसैगरी, रुपनी गाउँपालिका(६ का २४ वर्षीय पुरुष, महादेवा गाउँपालिका(२ का ३७, ३७, ३६ र ३४ वर्षीय पुरुष, तिलाठी कोइलाडी गाउँपालिका(२ का उमेर नखुलेका तीन जना पुरुष र वडा नं. ७ का उमेर नखुलेका एक जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यससँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५५७ पुगेको छ भने ३८३ जना निको भएर घर फर्किसकेका छन् । आइसोलेसनमा १०४ जना उपचारका लागि भर्ना छन् । अहिलेसम्म दुई जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर