• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

रामगाेपालपुर नगरपालिकामा प्रहरीकाे गाेलिलागि एक जनाकाे मृत्यू



महोत्तरीकाे रामगाेपालपुर नगरपालिकामा प्रहरीको गोली लागेर एक किशोरको मृत्यु भएको छ। किशोर लागुऔषध कारोबारी भएको दाबी प्रहरीले गरेको छ।
लागुऔषध कारोबारीलाई समात्न गएको प्रहरीले गोली चलाउँदा रामगोपालपुर नगरपालिका– ७ सहसौलाका सुरेन्द्र यादवका १६ वर्षीय छोरा राजन यादवको मृत्यु भएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।
खुट्टा र तिघ्रामा गोली लागेर गम्भीर घाइते भएका किशोरको उपचारको क्रममा आइतबार राति ११ बजे जलेश्वर अस्पतालमा मृत्यु भएको हो। मृतक किशोरको शव पोष्टमार्टमको लागि जलेश्वर अस्पतालमा राखिएको छ।
घटनामा दुईजनालाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए। पक्राउ पर्नेमा सोही ठाउँका २७ वर्षीय राहुलकुमार यादव र ४५ वर्षीय सुरेन्द्र यादव छन्। सुरेन्द्र मृतक किशोरका बुबा हुन्।
एसपी अधिकारीका अनुसार घटनास्थलमा चारजना लागुऔषध कारोबारी थिए। सुरुमा घटनास्थलमा सादा पोसाकका चार प्रहरी पुगेका थिए। प्रहरी पुगेपछि चार कारोबारीमध्ये एकजना फुत्केर भागेका थिए। फुत्केर भागेका युवाले एक हुल मानिस ल्याएर प्रहरीमाथि आक्रमण गर्न लगाएका एसपी अधिकारीले बताए।
‘ठूलो समूहले सादा पोसाकका प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि जवाफी कारबाही गर्दा किशोरको मृत्यु भएको हो,’ एसपी अधिकारीले भने, ‘घटनामा प्रहरीले ६ राउन्ड गोली चलाएको छ। कारोबारीलाई समात्न र आत्मरक्षाका लागि गोली चलाउनु परेको हो।’
लागुऔषध कारोबारीको आक्रमणबाट चार प्रहरी सख्त घाइते भएका अधिकारीले बताए। घाइते हुनेमा प्रहरी हवल्दार सञ्जीव पासवान तथा जवानहरू मनोज साह, रामविहारी पासवान र लालबाबु यादव छन्।
उनीहरूलाई टाउको, हात, छाती तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरू सबैको जलेश्वर अस्पतालमा उपचार भइरहेको छ। सभार नायाँ पत्रिका

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा
अन्तर्राष्ट्रिय

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा

१२ जेष्ठ २०७७, सोमबार
अन्तर्राष्ट्रिय

नाइट क्लबमा सिलिण्डर पड्किएर आगो लाग्दा २३ जनाको मृत्यु

१२ जेष्ठ २०७७, सोमबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै

१२ जेष्ठ २०७७, सोमबार
जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य
अन्तर्राष्ट्रिय

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

१२ जेष्ठ २०७७, सोमबार
Next Post

प्रदेश २ ले ल्याएको Real Time PCR संचालनमा

काेराेनाबाट नेपालमा चाैथाे व्यक्तिकाे मृत्यू


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh