• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेशमा तीन महिनाभित्र तीन सरकार ढले


१७ मंसिर,  । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज सदनमा राजीनामा घोषणा गरेका छन् । कार्तिक २३ गते राति ठूलो दलको नेताको हैसियतमा एमाले संसदीय दलका नेता मुख्यमन्त्री नियुक्त भएका थिए ।

२४ गते बिहान बर्दिबासको पानस होटेलमा शपथ लिएका यादव सर्वोच्चको परमादेश पश्चात २४ घण्टा भित्र विश्वासको मत लिन डाकिएको प्रदेश सभा बैठकमा राजीनामा घोषणा गरेका हुन् । झण्डै उनको यो विवादित कार्यकाल २२ दिन रह्यो ।

उनी लगायत पछिल्लो तीन महिना यता सदनमा यसरी नै तीन मुख्यमन्त्रीले राजीनामा दिनु परेको छ । भदौ २३ गतेको जेनजीको आन्दोलन यता मधेश झन् अस्थिर बनेको छ । प्रदेश सभाको दोस्रो कार्यकालको तीनवर्षमा मधेशमा चारवटा सरकार परिवर्तन भइसकेका छन् । जसमा जेनजी आन्दोलन पश्चात मात्र तीन सरकार परिवर्तन भएको हो ।

जेनजीको आन्दोलनको क्रममा २४ भदौमा मुख्यमन्त्री सतिशकुमार सिंहले जनमतका केन्द्रीय अध्यक्ष डा. सिके राउतको निर्देशनमा दिएको राजीनामा प्रकरण पश्चात मधेश यो स्थितिमा आइपुगेको छ।

जेनजी आन्दोलन पश्चात् अवस्था समान्य बनेपछि मुख्यमन्त्री सिंहले राजीनामाको कुरा फेरे । पार्टीले दबाब दिएर साथ छाडेपछि बाध्य भएर असोज २८ गते विश्वासको मत लिने बहानामा सदनमा आफ्ना धारणा राख्दै सिंहले पदबाट राजीनामा घोषणा गरेका थिए । त्यो सरकारले झण्डै १६ महिना कार्यकाल पूरा गरेको थियो ।

त्यसपछि असोज २९ गते लोसपाका नेता जितेन्द्र सोनल जसपासहित ६ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

कार्तिक २२ गते विश्वासको मत लिन बसेको सदनमा सत्ता गठबन्धन जनमतका दुई सांसदको अनुपस्थिति र माओवादीका दुई सांसदले विद्रोह गरेपछि सोनलले अन्नतः राजीनामा घोषणा गर्नु परेको थियो ।

त्यसपछि संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा एमालेले आफ्नै पार्टी निकट प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र सभामुख रामचन्द मण्डललाई प्रयोग गरी असोज २३ गते राति गोप्य रुपमा आफ्नो नेतृत्वमा सरकार गठन गरेको थियो ।

प्रदेश प्रमुख भण्डारीले बिरामीको बहाना गरी उपचारको लागि काठमाडौं निस्किन लागेर बर्दिबासको कालापानीस्थित पानस कटेजमा मुख्यमन्त्री यादवलाई शपथ ग्रहण गराएकी थिइन् । त्यस यता सातदलीय गठनबन्धनको आन्दोलनले मधेश भवन अशान्त बनेको थियो ।

तीनवटै सरकारले फेरि सदनमा विश्वासको मत पाउने स्थिति नदेखेपछि राजीनामा गर्नु परेको छ । १०७ सदस्यीय मधेश प्रदेशसभामा नेकपा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ९, नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् । यस्तै राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीका १–१ सांसद छन् ।

संविधानको धारा १६८ को ३ बमोजिमको सरकार एमालेले गठन गरेपछि उसलाई राप्रपा र नागरिक उन्मुक्तिले मात्र साथ दिएको थियो । बाँकी काँग्रेसहितको छुट्टै सातदलीय गठबन्धन छ । अब सातदलीय गठबन्धन भित्रको मुख्यमन्त्री बन्नेबारे दलहरु भित्र विमर्श भइरहेको छ ।

मधेशमा अस्थिर सरकारले कामकारबाही प्रभावित बनेको छ । मातहतका निकायले राम्ररी कार्य सम्पादन गर्न सकेको छैन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य
अन्तर्राष्ट्रिय

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

१८ मंसिर २०८२, बुधबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

१८ मंसिर २०८२, बुधबार
अन्तर्राष्ट्रिय

पार्टी नीति विपरीत मन्त्री बनेकी कञ्चन विच्छाको सांसद पद गुम्यो

१८ मंसिर २०८२, बुधबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश

१८ मंसिर २०८२, बुधबार
Next Post
मधेशमा मुख्यमन्त्री र सभामुख पदको भागबन्डा प्याकेजमै गर्ने कोसिस

मधेशमा मुख्यमन्त्री र सभामुख पदको भागबन्डा प्याकेजमै गर्ने कोसिस

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh