Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

सम्सि गाउँपालिकाकी सगिरा खातुन देवरकाे हत्या अभियाेगमा प्रहरी खाेरमा

प्रतिक्षा खबर
२०७६ चैत्र २५, मंगलवार ११:४१

नागेन्द् कुमार यादव

प्रतीक्षा खबर
रामगाेपालपुर, चैत २५ गते ।
महोत्तरीको पर्साकी सगिरा खातुनले अवैध सम्बन्ध लुकाउन देवरको हत्या गरेको अभियोगमा सगिरा प्रहरी खोरमा पगेकी छन् ।
महोत्तरीका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार उनी १५ दिनदेखि प्रहरी कार्यालयको हिरासतमा छिन् ।
सगिराले आफ्नै १३ वर्षीय देवर मजिवुल अन्सारीको घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको एसपी अधिकारीले बताए । उनले भने,’देवर मजिवुलको औलाले घाँटी थिची हत्या गरिएको हो ।’
सगिरा चैत ९ गते मध्यरातमा प्रेमीलाई आफ्नै घरमा बोलाएर यौन क्रियाकलापमा लिप्त थिइन् । सोही अवस्थामा उनीहरुलाई देवर मजिवुलले देखेका थिए ।
विगत २ वर्षदेखि सगिराका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा खाडीमुलुकमा छन् । श्रीमान विदेशमा रहेको बेला यौन प्यास मेटाउन प्रेमीसँग एकवर्ष पहिलेदेखि यौन सम्बन्ध बढाएकी थिइन् ।
आपत्तिजनक अवस्थामा देवर मजिवुलले उनीहरुलाई देखेपछि सोही दिन राति सगिराले प्रेमिलाई भगाएकी प्रहरी अनुसन्धानबाट खुल्न आएको एसपी अधिकारीको भनाइ छ
एसपी अधिकारीका अनुसार सगिराको प्रेमी भगाउन देवर मजिवुलले पनि सहयोग गरेको पाइएको छ । त्यसपछि भाउजु र देवर आ–आफ्नै कोठामा गएर सुतेका थिए ।
सोही दिन राति उनीहरुबीच २७ मिनेट लामो फोनमा कुराकानी समेत भएको थियो । सगिराले प्रेमीसँग २७ मिनेट लामो कुरा गरेको कलडिटेल प्रहरीले पत्ता लगाएको एसपी अधिकारीले जानकारी दिए ।
अवैध सम्बन्धको पोल खुल्ने डरले फानेमै देवर मजिवुलको हत्या गर्ने योजना बनेको हुनसक्ने एसपी अधिकारीले बताए । उनले भने, ‘सोही अनुरुप सुतेको बेला मजिवुलको घाँटी थिचेर हत्या गरिएको हुनसक्छ ।’
हत्यापछि मजिवुलको शव खाल्डो खनेर गाड्न लैजाँदै गर्दा सगिरालाई प्रहरीले पक्राउ गरेको हो । कवरगाहा भन्ने ठाउँमा मजिवुलको शव लैजाँदै गर्दा सगिरालाई पक्राउ गरिएको एसपी अधिकारीले पुष्टि गरे ।
महिलाको प्रेमी फरार रहेको र खोजीकार्य जारी रहेको एसपी अधिकारीले बताए । ‘भागेर भारतमा लुकेको खाबर छ, खोजी कार्य भइरहेको छ,’ उनले भने ।
सगिरा र उनको प्रेमिमाथि कर्तव्य ज्यान मुद्दामा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सभार टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर