Advertisement
ताजा खबर
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि

जनमत पार्टीका केन्द्रीय सदस्य र सांसदका श्रीमान् जसपा नेपाल प्रवेश

प्रतिक्षा खबर
२०८२ जेष्ठ १, बिहीबार १३:१९

३० वैशाख, काठमाडौं । जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङले बेलायतबाट राजीनामा पठाएको खुलेको छ । बेलायत रहेकी गुरुङले सभामुख तुलाराम घर्तिमगरलाई मंगलबार पत्र लेखेर राजीनामा पठाएकी हुन् ।

रुपन्देहीकी गुरुङलाई जनमतले समानुपातिक सांसद बनाएको थियो । सांसद पदबाट राजीनामा दिएकी गुरुङका श्रीमान् कैलाश गुरुङ अघिल्लो महिना उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपालमा प्रवेश गरेका थिए । यादव भैरहवा गएर जनमतका नेता कार्यकर्तालाई जसपा नेपालमा स्वागत गरेका थिए । उनका श्रीमान् कैलाश जनमत पार्टीको कार्यकारणी सदस्य एवं आदिवासी महासंघको अध्यक्ष समेत थिए ।

जनमतका लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्रकेश गुप्ताले राजीनामा पठाएको सुनेको तर औपचारिक रुपमा जानकारी प्राप्त नभएको बताए । सभामुखसँग बुधबार भेटेर थप प्रक्रियाबारे छलफल हुने गुप्ताले जानकारी गराए ।

गुरुङसँग राजीनामा दिएको विषयमा सोधपुछ गर्न खोजिए पनि सम्भव हुन नसकेको गुप्ताले बताए । उनका अनुसार, गुरुङको संसदीय भूमिकाप्रति जनमतका पार्टी नेताहरू असन्तुष्ट थिए ।

बेलायतमा बस्ने हुँदा पार्टी र संसदप्रति जिम्मेवारी बहन गर्न नसकेको बुझाइ जनमतमा छ । गुप्ताले अनलाइनखबरसँग भने, ‘उहाँ संसद्‌मा २०/३० प्रतिशत पनि आउनु भएको छैन । दुःख गरेर पार्टी बनाउनेलाई सांसद पदको महत्व थाहा हुन्छ ।’

प्रदेशसभा सदस्य गुरुङले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नभएको राजीनामा पत्रमा लेखिकी छन् ।

‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘…जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु ।’

जनमतका लुम्बिनी प्रदेश सभामा तीन सांसद छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर