• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

६९ सय बढ्यो सुन, तोलाको २ लाख नजिक


९ वैशाख, काठमाडौं । स्थानीय बजारमा आज सुनको भाउले ऐतिहासिक रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन तोलामै ६ हजार ९ सय रुपैयाँ बढेको हो । योसँगै सुनको भाउ तोलाको १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको छ ।

केही दिनयता स्थिर रहेको चाँदीको भाउ भने तोलामा १० रुपैयाँले वृद्धि भएको छ । सोमबार तोलाको १ हजार ९ सय ६० रहेको चाँदी आज १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा भारी वृद्धि हुँदा नेपाली बजारमा पनि वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार ४ सय अमेरिकी डलर नाघेको छ ।

मंगलबार कारोबार प्रारम्भमा थप मूल्य बढेर ३ हजार ४ सय ८० डलर हाराहारी पुगेको हो । गत साताको तुलनामा मूल्य करिब ५ प्रतिशत बढेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंक (फेडरल रिजर्भ) लाई दिएको एक धम्कीका कारण सुनको मूल्यमा भारी वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनबीसीले जनाएको छ ।

ट्रम्पले शुक्रबार मात्रै केन्द्रीय बैंकलाई हस्तक्षेप गर्ने आशयले अभिव्यक्ति दिएका थिए ।

‘धेरैले ब्याजदरमा कटौतीको माग गरिरहेका छन्,’ ट्रम्पले ट्रुथ सोसलमा भनेका छन्, ‘अहिले ब्याजदर घटाउन नसके अर्थतन्त्रमा मन्दी आउन सक्छ ।’

साथै, उनले ब्याजदर तत्काल घटाइ हाल्न फेड अध्यक्ष जेरोम पावेललाई निर्देशनात्मक शैलीमा भनेका छन् ।

शुक्रबार, शनिबार र आइतबार अन्तर्राष्ट्रिय बजार बन्द रहेकाले त्यसको प्रभाव एकै पटक सोमबार मात्रै देखिएको हो । उनले ब्याजदर कटौती नगरेकोमा फेड अध्यक्ष पावेलको आलोचना गरेका छन् ।

ट्रम्पले हस्तक्षेप गर्दा केन्द्रीय बैंकका नीति अस्थिर हुने र यसले अर्थव्यवस्थामा खराब असर पर्ने अनुमानपछि लगानीकर्ता सुनमा आकर्षित भएका हुन् । यसले सुनको मूल्यमा भारी वृद्धि भएको छ भने अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

९ बैशाख २०८२, मंगलवार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

९ बैशाख २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

९ बैशाख २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

९ बैशाख २०८२, मंगलवार
Next Post
दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी

तीनकुने घटना : मुख्य योजनाकार प्रसाईंमाथि व्यक्ति हत्यासहित ५ कसुरमा बयान सुरु

सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh