• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मध्यरातमा मुख्यमन्त्रीले गरे उपकुलपति र रजिष्ट्रारलाई बर्खास्त


twitter sharing button
email sharing button

जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले मंगलबार मध्यरातमा मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. महादेव महतो र रजिष्ट्रार डा. भगवान ठाकुरलाई बर्खास्त गरेका छन् ।

दिउँसो एक बजेका लागि बोलाइएको विश्विद्यालय सभा (सिनेट) को बैठक अबेर सुरु गरी राति करिब १२ बजे दुई मात्र पदाधिकारीलाई बाहिर निकालेर उनीहरुलाई बर्खास्त गर्ने निर्णय गरिएको हो ।

मुख्यमन्त्री सिंहले पार्टी अध्यक्ष डा. सिके राउतको दबावलाई थाम्न नसकेपछि कानुनले नमिलेपनि डा. महतो र डा. ठाकुरलाई बर्खास्त गर्न बाध्य भएको बैठकमा सहभागी एक प्रतिनिधिले  जानकारी दिए ।

‘पहिले त यो सिनेट बैठकमा मुख्यमन्त्री बस्ने क्षेत्राधिकारभित्र नै पर्दैन’ ती प्रतिनिधिले भने, ‘विश्वविद्यालय सञ्चालन र व्यवस्थापनका लागि अलगै कानुन र नियम छन् । त्यसको वावजुद क्षेत्राधिकार नाघेर सिनेटको बैठकमा सहभागी हुनुभएका मुख्यमन्त्री ज्यूले कानुन विपरित अर्को निर्णय लिनुभयो ।’

ती प्रतिनिधिले थप प्रष्ट्याउँदै भने, ‘मैले मुख्यमन्त्रीजीलाई कानुन नमिच्न सुझाव दिएपनि उहाँले रातभरमा पदाधिकारीलाई बर्खास्त नगरे भोली आफुले मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने दबाव रहेको भन्नुभयो ।’

मधेश कृषि विश्वविद्यालय जनमत नेतृत्व लिएदेखि नै सरकारलाई पचिरहेको थिएन । चालु आर्थिक वर्षका लागि बजेट बनाउने बेलामा जिम्मेवारीमा आएका सिंहले विश्वविद्यालय जस्तो विशाल कार्यक्षेत्र भएको निकायलाई जम्मा १० लाख रुपैयाँ नाममात्रको बजेट दिने निर्णय लिएका थिए । जबकी निर्माणाधिन अवस्थामा रहेको उक्त विश्वविद्यालयलाई अघिल्लो आर्थिक वर्षमा १३ करोड रुपैयाँ दिइएको थियो ।

सिनेट अध्यक्ष प्रदेश सरकारकी शिक्षा मन्त्री रानी तिवारी हुन् । उनको अध्यक्षतामा बस्नुपर्ने बैठकमा मुख्यमन्त्री सिंह उपस्थित मात्र भएनन् । शिक्षा मन्त्रीको भन्दा फरक पार्टीबाट प्रतिनिधित्व गर्ने मुख्यमन्त्री सिंहले राजनीतिक प्रतिशोध साधेको गुनासो उपकुलपति डा. महतोको छ ।

‘हामीले दुनियाँ नभएको काम मधेश कृषि विश्वविद्यालयका लागि अत्यन्तै छोटो समयमा गरिदिएका छौं । अझै धेरै गर्न आतुर रहेको बेला जनमत र जसपाबीचको लडाइमा हामी सिकार हुन पुगेका छौं’ डा. महतोले भन्ने, ‘यसले बौद्धिक वर्गलाई अपमान मात्र गरेको छैन, अन्याय हो र यसको प्रतिफल निकै अप्रिय हुनसक्छ ।’

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

२१ फाल्गुन २०८१, बुधबार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

२१ फाल्गुन २०८१, बुधबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

२१ फाल्गुन २०८१, बुधबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

२१ फाल्गुन २०८१, बुधबार
Next Post

रिंकु मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ

मधेश प्रदेशमा माओवादीको तराई मधेश जागरण अभियानको भब्य तयारी, २२ गते सम्सि गाउँपालिकामा प्रचण्डले सम्बोधन गर्ने


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh