• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कांग्रेसले महाधिवेशन धकेल्ने प्रयास गर्दा एमाले चाहिँ अघि सार्ने कसरतमा


कांग्रेसले महाधिवेशन धकेल्ने प्रयास गर्दा एमाले चाहिँ अघि सार्ने कसरतमा

 

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन निर्धारित समयमै गर्ने कि पछि सार्ने भन्ने नेताहरूबिच चर्चा र छलफल भइरहेका बेला अर्को दल नेकपा एमालेको महाधिवेशन भने समय अगावै गर्ने चर्चा हुन थालेको छ ।

नेपाली कांग्रेसले १४ औँ महाधिवेशन २०७८ मंसिरमा गरेको थियो भने एमालेले पनि सोही वर्ष ११ औँ महाधिवेशन गरेको थियो । कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापतिमा देउवा निर्वाचित भएका थिए भने एमालेको महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष बनेका थिए

कांग्रेसको विधान अनुसार प्रत्येक चार वर्षमा महाधिवेशन हुनुपर्छ । तर सभापति शेरबहादुर देउवा १५ औँ महाधिवेशन एक डेढ वर्ष पछि धकेल्न चाहन्छन् । देउवाको यही संकेत बुझेर कांग्रेसका महामन्त्री गगन थापा, नेता शेखर कोइराला लगायतका कतिपय नेताहरू केही दिनयता २०८२ मंसिरभित्रै महाधिवेशन हुनुपर्ने रटान लगाइरहेका छन् । मौजुदा कांग्रेसको विधान अनुसार देउवा तेस्रो कार्यकालका लागि सभापति बन्न सक्दैनन् तर उनले चाहेको व्यक्ति सभापति बन्न सक्ने भएकाले पनि देउवापछि कांग्रेसको उत्तराधिकारी बन्न नेताहरूबिच चर्को प्रतिस्पर्धा देखिन्छ ।

एमालेका नेताहरूले भने ११ औँ महाधिवेशनबारे मुख खोलिसकेका छैनन् । पार्टी विधान अनुसार एमालेको प्रत्येक पाँच वर्षमा महाधिवेशन गर्नुपर्छ । यस हिसाबमा २०८३ मंसिरसम्म ११ औँ महाधिवेशन गर्न मिल्ने भएपनि एमाले अध्यक्ष केपी शर्मा ओली ‘अर्ली’ महाधिवेशन गरेर पुन एक कार्यकाल नेतृत्व सम्हाल्न चाहन्छन् । यद्यपि अध्यक्ष ओलीले यसबारे पार्टी पङ्क्ति र कमिटीहरूमा कुनै पनि छलफल गरेका छैनन् ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य अर्ली महाधिवेशन गर्ने कुरा पार्टीमा कहीँकतै छलफल नभएको बताउँछिन् ।

‘अर्ली महाधिवेशनको कुरा पार्टीमा कुनै छलफल भएको विषय होइन’, शाक्यले भनिन्, ‘महाधिवेशनका लागि अझै समय जति पनि छ त्यसैले अहिले नै त्यसबारे छलफल गर्ने बेला नै भएको छैन ।’

उपाध्यक्ष शाक्यले अर्ली महाधिवेशनबारे कुनै छलफल नभएको  बताएपनि अध्यक्ष ओली निकट एकजना केन्द्रीय सदस्य यो पटक एमालेले अर्ली महाधिवेशन गर्नसक्ने सम्भावना धेरै रहेको बताउँछन् ।

‘अर्ली महाधिवेशनको सम्भावना धेरै छ । किनभने कतिपय अवस्थामा देशकाल र अन्य परिस्थितिलगायतले काम गर्छ’, ती केन्द्रीय सदस्य भन्छन्,‘नेतृत्वले निर्णय त गरिसकेको छैन । तर त्यो निर्णयमा पुग्नुपर्ने अवस्थाहरू सिर्जना हुने संकेतहरु देखिन्छन् ।’ उनले ती संकेतका बारेमा भने बताउन चाहेनन् ।

पार्टी पङ्क्तिमा छलफल नै नगरी महाधिवेशन अघि सार्न सम्भव छ त भन्ने प्रश्नमा उनी भन्छन्, ‘छलफल नै किन गर्नुपर्‍यो र ? नेतृत्वलाई चाहाना भयो भने ल यतिवेला महाधिवेशन गर्ने भनेर भनेपछि कसैले हुँदैन भन्ने अवस्था छैन ।’

त्यसो त दुई महाधिवेशनको बिचमा हुनुपर्ने एमालेको दोस्रो विधान महाधिवेशन पनि एमालेले समय अगावै गर्ने भनेर मिति घोषणा गरेकाले पनि राष्ट्रिय महाधिवेशन पनि अघि सर्नसक्ने एमालेका कतिपय नेता कार्यकर्ताको बुझाई छ ।

अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेपनि अर्ली महाधिवेशनबारे पार्टीको औपचारिक फोरममा कुनै छलफल भैनसकेको बताउँछन् ।

‘अर्ली महाधिवेशनबारे पार्टीको औपचारिक फोरममा छलफल भइसकेको छैन’, पाण्डेले रातोपाटीसँग भने,‘केही साथिभाइले अर्ली महाधिवेशन हुन्छ भनेर बोलेको मैले पनि सुनेकोमात्र हो ।’नेता पाण्डेले आगामी भदौमा विधान महाधिवेशन गर्नेबाहेक आफुलाई अरु कुरा थाहा नभएको बताए ।

एमालेले अगामी भदौमा दोस्रो विधान महाधिवेशन गर्ने घोषणा गरिसकेको छ । २०७८ साल असोजमा विधान महाधिवेशन गरेर २ महिनापछि मंसिरमा राष्ट्रिय महाधिवेशन गरेको एमालेले यो पटक विधान महाधिवेशन नै अघि सारेपछि राष्ट्रिय महाधिवेशनपनि अघि सार्ने रणनीति हुनसक्ने केही नेताहरूको भनाइ छ । दोस्रो विधान महाधिवेशनको मिति तोक्ने बेलामा पनि ओलीले पार्टीमा एकै पटक प्रस्ताव लगेर अनुमोदन गराएका थिए ।

नेकपा एमालेको गत माघमा बसेको सचिवालय बैठकले  २०८२ भदौ २० देखि २२ सम्म विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

विद्या रोक्ने ओली चाहाना

पछिल्ला दिनमा नेकपा एमालेका पूर्व उपाध्यक्ष समेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने चर्चा बढ्दै गएको छ । भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन एमालेको ठुलो पङ्क्ति लागिरहेको छ । तर एमाले अध्यक्ष ओली एमालेको सक्रिय राजनीतिमा विद्याको तत्काल पुनरागमन होस् भन्ने चाहँदैनन् । ओलीको यस्तो चाहानाविपरित भण्डारी देश दौडाहाका नाममा विभिन्न जिल्ला पुगेर एमाले नेता कार्यकर्ताको मनोभाव बुझ्ने प्रयास गरिरहेकी छन् । कोशी र गण्डकीका विभिन्न जिल्लाको भ्रमण गरिसकेकी भण्डारी थाइल्याण्डबाट उपचार गरेर शुक्रबार स्वदेश फर्कँदैछन् । स्वदेश फर्केलगत्तै भण्डारी सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेशका विभिन्न जिल्लाको भ्रमणमा निस्कने तयारीमा छन् । विद्याको यो सक्रियताले पनि अध्यक्ष ओलीलाई झस्काएको हुनसक्ने एमालेका केही नेताहरूको बुझाई छ ।

‘दुई वटा कारणले अध्यक्षले अर्ली महाधिवेशन गर्ने निर्णयमा पुग्न सक्नुहुन्छ । पहिलो,विद्या भण्डारीको तत्काल राजनीतिमा फर्कने प्रयासलाई रोक्न र दोस्रो प्रधानमन्त्री रहेकै अवस्थामा अर्ली महाधिवेशन गर्दा पार्टी शक्ति विभाजित हुन पाउँदैन भन्ने बुझाई देखिन्छ’, एमालेका एक पोलिटब्युरो सदस्य भन्छन्, ‘अर्कोतर्फ ८३ सालमा पार्टी आम निर्वाचनमा होमिनुपर्ने भएकाले पनि त्यसअगावै महाधिवेशन गर्दा उपयुक्त हुन्छ भनेर व्याख्या गर्न सहज हुन्छ ।’

एमाले कांग्रेसबिचको सहमति अनुसार ओली २०८३ असारसम्म प्रधानमन्त्री हुनेछन् । त्यसपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन् ।

 

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

१६ फाल्गुन २०८१, शुक्रबार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

१६ फाल्गुन २०८१, शुक्रबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१६ फाल्गुन २०८१, शुक्रबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१६ फाल्गुन २०८१, शुक्रबार
Next Post

अध्यादेश पास गराउन बिचौलियाहरू सांसद खरिद बिक्रीमा लागेका छन् : उपेन्द्र यादव

सरकारले ल्याएको अध्यादेश राष्ट्रहितमा छैन : उपेन्द्र यादव


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh