Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

२ दिनभित्र विदेशी सहायता पुन: सुरू गर्न ट्रम्पलाई अदालतको आदेश

प्रतिक्षा खबर
२०८१ फाल्गुन १४, बुधबार १२:२७

१४ फागुन, काठमाडौं । अमेरिकाको एक अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनलाई विदेशी सहायता पुनः सुरु गर्न २ दिनको समयसीमा दिएको छ । समाचार संस्था रोयटर्सका अनुसार सुनुवाइका क्रममा अमेरिकी जिल्ला न्यायाधीश अमिर एच. अलीले २ हप्ता अगाडि नै आदेश दिइएको भए पनि प्रशासनले त्यसलाई पालना नगरेको आरोप लगाएका छन् ।

अदालतले ट्रम्प प्रशासनलाई अनुदान, ऋण र अन्य वित्तीय सहायता रोक्दै संघीय कोषमा व्यापक स्थगन लगाउने आदेश कार्यान्वयन गर्नबाट रोक लगाउने आफ्नो आदेश विस्तार गरेको हो ।

अदालतले ट्रम्प प्रशासनको खर्च रोक्ने निर्णयलाई अस्थायी रूपमा अवरोध गरेपछि केही कोष खोलिए पनि प्रशासनले पुनः वित्तीय सहायता रोक्ने प्रयास गर्ने जोखिम रहेको आदेशमा उल्लेख छ ।

राष्ट्रपति ट्रम्पले जनवरी २० मा शपथ लिएपछि कार्यकारी आदेश जारी गर्दै इजरायल, इजिप्ट र खाद्य सहायता कार्यक्रम बाहेक सबै विदेशी सहायता रोकेको घोषणा गरेका थिए।

यसले गरिब राष्ट्रहरूलाई दिइने स्वास्थ्य सहायता समेत रोकिएको थियो । यस आदेशपछि शिक्षा, स्वास्थ्य, विकास, रोजगारीका कैयौं परियोजनाहरू ठप्प भएका छन् । ती सबै परियोजनाको प्रमुख वित्तिय स्रोत अमेरिका नै रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर