Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

ज्ञान,कौशल,संस्कार र समृद्धिका लागि शिक्षा अति आवश्यक

प्रतिक्षा खबर
२०८१ मंसिर १९, बुधबार १९:४५

जनकपुरधाम,मंसिर १९ गते ।
शहिदनगर नगरपालिका वार्ड नं ६ हठिपुर स्थित श्री बिलट किशुन आधारभुत विद्यालयमा हेल्दी स्कुल कार्यक्रमको आयोजना गरिएको छ।

मानव जीवनको प्रमुख आधार स्तम्भ रहेको सामुदायिक विद्यालयहरुो शैक्षिक अवस्था सुधार गर्न उदेश्यले संचालित स्वस्थ विद्यालय “हेल्दी स्कुल” कार्यक्रम धनुषा निर्वाचन क्षेत्र नं २ को केहि पालिकहरुको ग्रामिण भेगमा प्रभावकारी बन्दै गएको छ।
जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता मधेश प्रदेशका प्रदेश सांसद रामअशिष यादवको परिकल्पनामा थालिएको स्वस्थ विधालय “हेल्दी स्कुल”कार्यक्रम अन्तर्गत शहिदनगर नगरपालिका वार्ड नं ६ हठिपुर गाउँमा स्थापित श्री बिलट किशुन आधारभूत विधालयमा अध्ययनरत सम्पूर्ण वालवालिकाहरुको निशुल्क स्वास्थ्य परिक्षण गरि आवश्यक ओैषधि पनि उपलब्ध गरिएको छ।

प्रदेश सांसद रामअशिष यादवको विशेष उपस्थितिमा सम्पन्न भएको “हेल्दी स्कुल” कार्यक्रममा हेल्दी स्कुल कार्यक्रमका संयोजक डा निरन्जन कुमार गोईत,डा दिगविजय ठाकुर ,डा दिपेन्द्र यादव,डा जितेन्द्र जयसवाल,डा राजिब यादव,डा एम के ठाकुर,डा ललिता यादव र डा बुधराम यादव सहितका चिकित्सकहरुले वालवालिकाहरुलाई स्वास्थ्य परिक्षण गरेको कुरा प्राधानाध्यपक राजदेव ठाकुरले जानकारी दिएका छन।
सो अवसरमा वनस्पति अनुसन्धान धनुषा का प्रमुख वनस्पति वैज्ञानिक ताहिर हुसेनले वालवालिकाहरु जडिबुटी को महत्त्वलाई विस्तारमा जानकारी गराउदै जडिबुटीका विरुवाहरु वितरण गरिएको छ।

स्वास्थ्य जांचको क्रममा केहि वालवालिकाहरुको दांत,आँखा र कानमा सामान्य समस्या देखिएको कुरा स्वस्थ विधालय “हेल्दी स्कुल” कार्यक्रमका संयोजक डा निरन्जन कुमार गोईतले जानकारी दिएका छन।
देश र प्रदेशको कर्णधार वालवालिकाहरुलाई मानसिक तथा शारीरिक रुपमा स्वस्थ पार्न तथा सामुदायिक विधालयको शैक्षिक अवस्थामा सुधारका साथै विद्यालयको भौतिक पुर्वाधार विकास,शिक्षक प्रोत्साहन,प्रशिक्षण तथा

वालवालिकाहरुलाई प्रविधि मैत्री अध्ययन गराउन उदेश्यले सामुदायिक विधालयहरुमा “हेल्दी स्कुल” स्वस्थ विधालय कार्यक्रम थालिएको कुरा हेल्दी स्कुल कार्यक्रमका संयोजक डा निरन्जन गोईतले जानकारी दिएका छन।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर