• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जुङ्गाको लडाईमा पिल्सिदै जनकपुरका विद्यार्थीहरु ५० हजार विद्यार्थी विद्यालय जानबाट बंचित


जुङ्गाको लडाईमा पिल्सिदै जनकपुरका विद्यार्थीहरु ५० हजार विद्यार्थी विद्यालय जानबाट बंचित

जनकपुरधाम, मंसिर ४ । जनकपुरधाम उपमहानगरपालिका र निजि विद्यालयहरुको संगठन बीचको जुङ्गाको लडाईले जनकपुरधामका विद्यार्थीहरु पिल्सीन थालेका छन ।
कक्षा ११ र १२ मा उपमहानगर पालिकाबाट छात्रवृति प्राप्त गरि निजी विद्यालयहरुमा अध्ययन गर्न गएका विद्यार्थीहरुको शुृल्कको विषयमा भएको विवादका कारण निजी विद्यालय÷कलेजमा अध्ययनरत करिब ५० हजार विद्यार्थी प्रभावित भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१÷८२ का लागि छात्रवृतिमा जनकपुरधाममा संचालित विद्यालयहरुमा विद्यार्थी पठाएका थिए । उक्तm विद्यार्थीहरु संग स्कुल कलेजहरुले नामांकन शुल्क, मासिक शुल्क र आन्तरिक परिक्षा शुल्क नलिए पनि ल्याब लगायतको अन्य शुल्कको नाँउमा बढी रकम लिएको भन्दै नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आन्दोलन गरे पछि नगरपालिकाले छात्रवृतिमा पठाइएको विद्यार्थीहरु संग रजिष्ट्रेशन र परीक्षा शुल्क बाहेक अन्य शुल्क लिन नपाउने भन्दै जनकपुरधाम उपमहानगरले निजी विद्यालयहरुलाई पत्राचार गरेपछि दुई पक्षबीच विवाद उत्पन्न भएको हो ।
निजी विद्यालयहरुको संगठन हिसान, प्याब्सनर एन प्याब्सनले शैक्षिक सत्रको शुरुमा आफुहरु संग भएको सम्झौता (नामांकन, मासिक शुल्क र आन्तरिक परीक्षा शुल्क बाहेकको शुल्क लिन पाउने ) अनुरुपनै शुल्क लिएको भन्दै अन्य निर्णय मान्न बाध्य हुने बताउदै आएको छ ।
तीन वटै संगठनले मंसिर २५ गते संयुक्त विज्ञप्ति जारी गर्दै चालु शैक्षिक सत्रको लागि उपमहानगरले पछिल्लो पटक गरेको पत्राचार फिर्ता लिन र अगामी शैक्षिक सत्र देखी अन्य पालिकाहरुले गर्ने निर्णयलाई आधार मान्दै निर्णय गर्न सकिने बताए । संगै पछिल्लो निर्णय फिर्ता नलिइए आफुहरु विद्यालय नै बन्द गर्ने चेतावनी दिएका थिए । नीजि विद्यालयहरुको संगठनले आफुहरुको मांगलाई जनकपुरधाम उपमहानगर पालिकाले वेवास्ता गरेको भन्दै मंसिर ३ गते देखी जनकपुरका सम्पूर्ण विद्यालय कलेजहरुबन्द गरि आन्दोलित भएका छन ।
निजी विद्यालय संगठनहरुको बन्दले जनकपुरधामका करिब ५० हजार विद्यार्थी विद्यालय जानबाट बंचित भएका छन । निजी विद्यालयहरुकै तथ्यांक अनुसार एन प्याब्सन आबद्ध जनकपुरधाम उपमहानगरका ५६ विद्यालयमा २० हजार, प्याब्सन संग आवद्ध ५१ विद्यालयमा १५ हजार, मधेश प्याब्सन संग आवद्ध १४ विद्यालयमा ७ हजार र हिसान संग आवद्ध १७ विद्यालयमा १२ हजार विद्यार्थी अध्ययनरत छन । जारी आन्दोलन प्रति मधेश प्याब्सनले पूर्ण समर्थन जनाएको छैन ।
निजी विद्यालय संगठनहरु मंसिर २५ गते नै आन्दोलनको घोषणा गरे पनि कुम्भ करण निन्द्रामा सुतेका जनकपुरधाम उपमहानगरपालिका विद्यालयहरु बन्द गरिए पनि सोमबार मात्र वार्ताको लागि आह्वान गरेको छ ।
पठन पाठन बाट बंचित विद्यार्थीहरु बारे जानकारी लिन जनकपुरधाम उपमहागरको शिक्षा शाखाका प्रमुख अन्जु पाण्डे संग सोमबार नै जानकारी लिन खोज्दा अहिले व्यस्त छु भन्दै पन्छिन खोजिन भने मंगलबार करिब १२ बजे नगरपालिकाको शिक्षा शाखामा पुग्दा उहाँ अनुपस्थित नै हुनु हुन्थ्यो । उहाँको सहायकले २ बजे पछि मात्र उहाँ संग भेटघाट हुन सक्ने र त्सपछि मात्र तथ्यांक उपलब्ध गराउन सक्ने बताइन ।
जनकपुरधाम उपमहानगरको करिब ५० हजार विद्यार्थी पठन पाठन बाट बंचित रहदा समेत उपमहानगरले गैर जिम्मेवारीपना देखाउदै आएको छ । नगर प्रमुख मनोज साह अयोध्या भ्रमणमा पुग्नु भएको छ । भने शाखा प्रमुख बाहिरै बाट शाखा संचालन गरि रहेकी छिन ।
यता निजीविद्यालयहरुको बन्द विरुद्ध नेवि संघले सोमबार देखी निरन्तर विरोध प्रदर्शन गरि रहेका छन । उनिहरुले निजी विद्यालयहरुले शिक्षा क्षेत्रमा माफिया तन्त्र देखाउदै आएको र त्यसको विरोध गर्दा विद्यालय बन्द गरेको दावी गरेका छन ।
यता हिसान जनकपुरका अध्यक्ष संजिव ठाकुरले भने दिनहु पछि फेरिने निर्णयहरुले आफुहरुलाई विद्यालय संचालन गर्न कठिनाई भएको हुदा बन्दको विकल्प आफुहरु संग नरहेको प्रतिक्रिया दिएका छन ।
कक्षा ११ र १२को शुल्क विवादमा विद्यालयनै बन्द गर्नु अनुचित र गैर जिम्मेवारीपनाहरुले नागरिक अगुवाहरुले चियागपमा आरोप लगाएका छन । उनिहरुले नगरपालिका र निजी विद्यालयहरुको जुङ्गाको लडाई बालबालिकाको शिक्षा दिक्षा प्रभावित हुनु अन्याय रहेको बताएका छन ।
निजी विद्यालयहरुले विद्यालय बन्द गरि ५० हजार विद्यार्थीहरुलाई विद्यालयबाट बंचित गरे पनि सरोकारबला निकायहरु मौन रहनु जनकपुरधामको लागि दुर्भाग्य नै मान्नु पर्दछ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

४ मंसिर २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

४ मंसिर २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

४ मंसिर २०८१, मंगलवार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

४ मंसिर २०८१, मंगलवार
Next Post

प्रसाईँलाई साइबर अपराध मुद्दामा पक्राउ गरिएको हो: सीआइबी

वायु प्रदूषणको गम्भीर असर नियन्त्रण गर्न लगाए लकडाउन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh