Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

एमाले परित्याग गरि जसपा,नेपालमा प्रवेश

प्रतिक्षा खबर
२०८१ कार्तिक २५, आईतवार १२:१३

जनकपुरधाम। जनता समाजवादी पार्टी,नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले मधेश र मधेसीको हकहित र अधिकारका लागि इमानदारीपूर्वक संघर्ष गर्ने देशको एक मात्र पार्टी जसपा,नेपाल रहेको कुरा बताउंनु भयो ।
जनतासंग जसपा,नेपाल: संगठन विस्तार अभियान अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नं २,ओैरही गाउँ पालिकाको हरुसाहा गाउँमा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि प्रदेश सांसद यादवले कांग्रेस र एमालेका कारण देशमा गरिबी ,अशिक्षा र बेरोजगारी बढेको कुरा बताउंनु भयो ।
ओैरही गाउँ पालिका वार्ड नं ५ जसपा,नेपाल का वार्ड कमिटी को आयोजना भएको पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमाले पार्टी परित्याग गरि स्थानीय स्तरका नेता राधे मंडल,विपैत पासमान,रामसेबक मंडल,चन्दर मंडल सहित ३५ जना एमाले का नेता र कार्यकर्ताहरु जसपा,नेपाल पार्टीमा प्रवेश गरेको कुरा कार्यक्रम संचालक श्री किशुन मंडलले जानकारी दिएका छन।
नव प्रवेशीहरुलाई प्रमुख अतिथि प्रदेश सांसद रामअशिष यादव,,विशिष्ट अतिथि जिल्ला अध्यक्ष पशुपति यादव र नगर अध्यक्ष कमलदेव मंडल सहितका नेताहरूले गमाछा र अबिर लगाई स्वागत गरेका छन।
जसपा,नेपाल ओैरही गाउँ पालिका वार्ड नं ५ का वार्ड कमिटी का अध्यक्ष रमेश अधिकारी को अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष पशुपति यादव,नगर अध्यक्ष कमलदेव मंडल,वार्ड नं ५ का वार्ड अध्यक्ष सरोज कुमार मंडल,वार्ड नं ६ का वार्ड अध्यक्ष शंकरप्रसाद साह,नगर सचिव लालबहादुर यादव,सहसचिव रहमत राईन,समाजवादी विधार्थी संघका केन्द्रीय उपाध्यक्ष राम बिहारी यादव,युवा नेता रामह्रदय यादव सहित वक्ताहरूले शुभकामना मन्तव्य व्यक गरेका छन।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर