Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बोलाउन इरानको माग

प्रतिक्षा खबर
२०८१ आश्विन १३, आईतवार २०:५१

तेहरान । लेबनानको सशस्त्र समूह हिजबुल्लाहका नेता हसन नसरल्लाहको मृत्युपछि इरानले संयुक्त राष्ट्रसङ्घ (युएन)को सुरक्षा परिषद्को बैठक बोलाउन माग गरेको छ । यूएनका लागि इरानका राजदूत आमिर एरवानीले परिषद्का १५ सदस्यलाई पत्र लेखेका छन् । यसमा उनले आफ्नो देशको कूटनीतिक परिसर वा कुनै राजदूतमाथि कुनै हमला भएमा तेहरानले सहन नसक्ने चेतावनी दिएका छन् ।

‘इरानले अन्तर्राष्ट्रिय कानुन अन्तर्गत आफ्नो अधिकार प्रयोग गर्न बिलकुल हिचकिचाउने छैन । राष्ट्रको रक्षा र राष्ट्रिय सुरक्षासँग सम्बन्धित सबै मामिलाहरूको रक्षा गर्न इरानले हर सम्भव कदम चाल्नेछ’ इरवानीले भनेका छन् ।

‘हामी सुरक्षा परिषद्लाई इजरायलविरुद्ध निर्णायक निर्णय लिन अपील गर्दछौं, ताकि इरानलाई युद्धमा धकेल्ने अवस्थाबाट बच्न सकियोस्’ पत्रमा अझ अगाडि उनी भन्छन् । इरानले लामो समयदेखि हिजबुल्लाहलाई आर्थिक र सैन्य सहयोग गर्दै आएको छ । यसअघि इरानका सर्वोच्च नेता आयतोल्लाह खामेनीले नसरल्लाहको मृत्युको बदला लिने बताएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर