Advertisement
ताजा खबर
एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

लेबनान र इजरायल सीमाबाट लाखौँ विस्थापित 

प्रतिक्षा खबर
२०८१ आश्विन ९, बुधबार ०८:२२

बेरुत । इजरायल र हिजबुल्लाहबिच जारी द्वन्द्वका कारण इजरायल-लेबनान सीमामा लाखौं मानिस प्रभावित भएका छन् । जसका कारण मानिसहरू सुरक्षित स्थानतर्फ सरिरहेका छन्।

लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले सोमबार इजरायलको पछिल्लो आक्रमणका कारण हजारौं मानिस विस्थापित भएको बताएका छन्। इजरायल-लेबनान सीमामा मानिसहरू सुरक्षित स्थानमा सर्नु परेको यो पहिलो पटक होइन।

संयुक्त राष्ट्रसंघका अनुसार गत अक्टोबर ७ बाट सुरु भएको इजरायल–हमास द्वन्द्वका कारण हालसम्म इजरायल र लेबनानको सीमा क्षेत्रमा बसोबास गर्ने करिब दुई लाख मानिस विस्थापित भएका छन् ।

यस महिनाको सुरुमा जारी गरिएको तथ्याङ्क अनुसार, यसमा दक्षिणी लेबनानबाट विस्थापित भएका १ लाख १३ हजारभन्दा बढी व्यक्तिहरू समावेश छन्।

यसै क्रममा उत्तरी इजरायलबाट करिब ६० हजार मानिस विस्थापित भएका छन् । गत हप्ता इजरायलले आफ्नो युद्ध लक्ष्यमा यी ६० हजार विस्थापितलाई सुरक्षित रूपमा फिर्ता ल्याउने लक्ष्य समावेश गरेको थियो । इजरायलका रक्षामन्त्रीले यसो गर्ने एक मात्र उपाय “सैन्य कारबाही” भएको बताएका छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर