Advertisement
ताजा खबर

अमेरिक र इराकको संयुक्त कारबाहीमा आईएसका १५ लडाकु मारिए

प्रतिक्षा खबर
२०८१ भाद्र १६, आईतवार ०८:१०

वासिङ्टन । अमेरिकाले आफ्नो सेनाले इराकी सुरक्षा बलसँगको संयुक्त कारबाहीमा इस्लामिक स्टेट (आईएस) का १५ लडाकु मारेको जनाएको छ । यस संयुक्त अभियानमा अतिवादी समूहको नेतृत्वलाई निशाना बनाइएको थियो।

अमेरिकी सेन्ट्रल कमान्डले बिहीबार इराकको पश्चिमी भागमा यो संयुक्त अभियान सञ्चालन गरिएको जनाएको छ । यो घटनामा कोही पनि सर्वसाधारण घाइते भएनन् ।

तर, यस कारबाहीमा केही अमेरिकी सैनिक घाइते भएको अमेरिकी सञ्चारमाध्यममा खबरहरू आइरहेका छन् । यसअघि जारी गरिएको विज्ञप्तिमा इराकी सेनाले संयुक्त कारबाहीका क्रममा गरिएको हवाई हमलामा अतिवादीहरूको स्थानलाई निशाना बनाइएको जनाएको थियो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर