गोपाल झा
महोत्तरी , जेठ २० गते
भन्सार छली गरेर नेपाल तर्फ अटो रिक्सामा ल्याउँदै गरेको करीब साढे चार लाख बराबरको कपडा तथा किरानाका सर सामान सहित अटो तथा अटो चालकलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा मातहत बाट चेक जाँचमा खटिएको प्रहरीले भारत बाट भन्सार छलि गरि नेपाल तर्फ ल्याउँदै गरेको कपडा तथा किरानाका सर समान सहीत सरसामान लोड गरेर ल्याउँदै गरेका अटो रिक्सा तथा अटो चालक समेतलाई जिल्लाको सम्सी गाँउपालिका वडा नं.६ र मनरा नगरपालिका वडा नं.१० वाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डि एस पि तथा सुचना अधिकारी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिएका हुन् ।
भारत तर्फबाट भन्सार छली गरेर नेपाल तर्फ ल्याउँदै गरेका २० वोरी चावल , खाने तेल , सुजी लगायतका २ लाख ३ हजार ७० र ज १ झ ४५४० नम्वरको २ लाख वरावरको
अटो रिक्सा गरी जम्मा ४ लाख ३९ हजार ७० रु रहेको जनाईएको छ ।
उक्त सामानहरु बोकेर ल्याउँदै गरेको बखत नियन्त्रणमा लिईको ज १ झ ४५४० नम्वरको अटो रिक्सा चालकलाई सोधपुछ गर्दा औरही नगरपालिका ४ वस्ने वर्ष ३२ को संजति कुमार यादवलाई समेत नियन्त्रणमा लिएका छन ।
नियन्त्रणमा लिईएको सामानहरु आवश्यक कर्वाईको लागि जिल्ला भन्सार कार्यालय मलिवारा पठाईएको सुचना अधिकारी तथा डि एस पि जैसवारले जनाएका हुन् ।









































































































