Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

मन्त्रालय भागबण्डा टुंग्याउन गठबन्धनको शीर्ष नेताहरुको बैठक बस्दै

प्रतिक्षा खबर
२०८० फाल्गुन २१, सोमबार १४:५३

ढ२१ फागुन, काठमाडौं । नयाँ सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डा टुंगो लगाउन सोमबार दिउँसो बैठक बस्दैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय भागबण्डा टुंगो लगाउन गठबन्धनमा सहभागी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको शीर्ष नेतालाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका छन् ।
‘अहिले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुसँग छलफल हुँदैछ, त्यो बैठकले मन्त्रालय टुंग्याउने तयारी छ’, बालुवाटार स्रोतले भन्यो ।
सोमबार नै बिहान बसेको सत्ता गठबन्धनमा सहभागी दलको बैठकले मन्त्रालय बाँडफाँटको खाका बनाउन एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका वर्षमान पुन, रास्वपाका रवि लामिछाने र जसपाका उपेन्द्र यादवलाई जिम्मा दिएको थियो ।
उनीहरुले बनाएको खाकामाथि शीर्ष तहमा छलफल हुन लागेको स्रोतको भनाइ छ । मन्त्रालय भागबण्डामा सहमति जुटाउने तयारी भए पनि सोमबार भने तीन जनाले मात्र बिना बिभागीय मन्त्रीको शपथ लिनेछन् ।
राष्ट्रपति कार्यालयलाई पाँच बजेभित्र शपथको व्यवस्था गर्न प्रधानमन्त्री प्रचण्डले सूचना पठाएका बालुवाटार स्रोतले बताएको छ । सोमबार एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याले शपथ लिने तयारी भएको स्रोतको दाबी छ ।सभार अनलाइन

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर