Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

सुरक्षित आप्रवासन सामी कार्यक्रमकोः पत्रकारहरुसँग अभिमुखीकरण

प्रतिक्षा खबर
२०८० फाल्गुन ११, शुक्रबार २३:३७

गोपाल झा

महोत्तरी फाल्गुन ११ गते

सुरक्षित आप्रवासन सामी कार्यक्रम महोत्तरीले शुक्रबार जिल्लाका पत्रकारहरुसँग अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । स्वदेशमा नै रोजगारी गरौ, वैदेशिक रोजगारै जाने भए सहि सूचना र सिप सिकेर मात्र जाउँ’ भन्ने नाराका साथ काम गरिरहेको सुरक्षित आप्रवासन सामीले पत्रकारसँगको अभिमूखिकरण कार्यक्रम गरेको हो ।

कार्यक्रममा सामीका संयोजक राम भजन महतोले जिल्लामा सामी कार्यक्रले गरेको काम र कार्यक्रम मनोसामाजिक परामर्सकर्ता पुनम झाले कार्यक्रमको प्रभाव तथा काम बारे प्रस्तुती राखेका थिए ।

कार्यक्रममा संयोयक महतोले वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउनका लागि पत्रकारहरुको भूमिका महत्वपूणर् हुने भन्दै सामाजिक लागत घटाउने क्षेत्रमा कलम चलाउनुपर्नेमा जोड दिएका हुन् ।

              सामी कार्यक्रम संचालन भएका पालिकाहरुमा विगतको तुलनामा सचेत भएको वहाँले दावी गरे । वैदेशिक रोजगारीमा गएकाहरुको परिवारमा वित्तीय साक्षरता कक्षा मार्फत रेमिट्यान्सको सही सदुपयोग गर्ने, व्यवसायिक योजना बनाएर आयमूलक क्षेत्रमा लगानी गर्ने र बचत गर्ने बानीको विकास भएको बिश्वास ब्यक्त गदै संयोयक महतो वैदेशिक रोजगारमा जानेहरुले समेत सीप सिकेर जान थालेको बताए । उनले वैदेशिक रोजगारीमा जानका लागि चालु आ ब मा महोत्तरी जिल्लाबाट ७ जनाले सीपमूलक तालिम लिएको जानकारी दिए  ।

जिल्लाका २० भन्दा बढी क्रियाशील पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा सहभागी पत्रकारहरुले वैदेशिक रोजगारमा गएका परिवार र उनको सदस्यको विषयमा आफूहरु संवेदनशील भएर कलम चलाउने प्रतिवद्धता जनाएका थिए ।

नेपाल सरकार र स्वीस सरकारको दुई पक्षीय सम्झौतामा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा महोत्तरीको १५ स्थानिय तह मध्ये ४ वटा जलेश्वर नगरपालीका ,बर्दीबास नगरपालीका , भंगहा नगरपालीका र गौशाला नगरपालीकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम संचालन भईरहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर