Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

असई थमन वि.क.को घटनामा अदालतको आदेश विरुद्ध महोत्तरीमा लोसपाको विरोध प्रदर्शन,निणर्य उल्ट्याउन मांग

प्रतिक्षा खबर
२०८० मंसिर २९, शुक्रबार २३:४०

गोपाल झा

महोत्तरी,२९ मंसिर ।

२०७२ सालको मधेश आन्दोलनको क्रममा मारिएका शसस्त्र प्रहरी असई थमन वि.क.को हत्या अभियोगमा लोसपाका महासचिव तथा पुर्व राज्यमन्त्री एवं संसदिय दलका नेता अभिराम शर्मा सहितका ७ जनालाई अदालतले दिएको जन्मकैदको सजाय मधेशीको विरुद्ध अदालतको अन्यायपुणर् फैसला भएको भन्दै जलेश्वरमा विरोध प्रदर्शन गर्दै सो फैसला उल्ट्याउन लोकतान्त्रीक समाजबादी पार्टीका नेताहरुले  मांग गरेका हुन ।

    लोसपाले जलेश्वरमा शुक्रवार गरेको विरोध र्याली पश्चातको कोणसभामा बोल्दै लोसपा नेताहरुले राजनितिक मुद्दालाई मधेशबाट मधेशी दललाई समाप्त पार्न सरकारको सुनियोजित प्लान अनुसार अदालतको सो फैसला आएको उनीहरुले आरोप लगाएका छन ।

कोणसभामा बोल्दै लोसपाका केन्द्रिय उपाध्यक्ष रानी शर्मा तिवारीले केन्द्रमै समेत शिर्षनेताहरुको बैठक चलिरहेको बताउदै मधेशमा आजबाट आन्दोलनको बिगुल फुकिसकेको बताईन  । उनले जन्मकैद सुनाइएका सवै सातजना मधेशी नेताहरु , मधेशको हिरो भएको बताउदै  हरेक घरमा अभिराम शर्मा,सुरेश पाण्डेय र शंकर शाही जस्ता नेताले जन्म लिने बताईन । उनले अदालतको फैसला नसच्याइए मधेशमा ठुलो आन्दोलन हुने र त्यसको क्षति सरकारले नै ब्यहोर्नु पर्ने बताईन ।

     यता पार्टीका अर्का नेता केन्द्रिय महासचिव तथा पुर्व साँसद परमेश्वर साह अदालतको अन्यायपुणर् फैसलाको मधेशमा विरोध हुनेमा दुईमत नभएको बताए । उनले आन्दोलनको समयमा भएको मृत्युलाई अदालतले हत्या भन्दा सोहि आन्दोलनमा सुरक्षाकर्मीबाट मारिएका आन्दोलनकारीहरुको हत्याको ईन्साफ समेत हुनु पर्ने बताए । उनले सम्पुणर्लाई आन्दोलनमा सघाउन समेत आव्हान गरेका छन ।

    शसस्त्र प्रहरी असई थमन वि.क.को हत्या मुद्दामा जिल्ला अदालत महोत्तरीले फैसला सुनाउदै हाल पुर्पक्षमा रहेका प्रदीप साह माझी र संजय कुमार साह सहित लोसपाका जिल्ला समितिका मोहन ठाकुर,लोसपाका केन्द्रिय सदस्य तथा जलेश्वर नगरपालिकाका पुर्व नगरप्रमुख शंकर शाही भन्ने रामशंकर मिश्र,पुर्व राज्यमन्त्री तथा लोसपाका संसदिय दलका नेता पार्टी महासचिव अभिराम शर्मा, लोसपाका केन्द्रिय उपाध्यक्ष सुरेश पाण्डेय र जसपाका नेता धर्मेन्द्र रायलाई ज्यान सम्बन्धी महलको १ र १३ (३) नं. बमोजिम कसुर गरेकोले सोहि १३(३) बमोजिम विहिवार जन्मकैदको फैसला सुनाएको छ । सोहि मुद्दामा सँसदबाट निलम्बित रहेका लक्ष्मी महतो कोईरी र पुर्पक्षको लागि थुनामा रहेको पवन कापरलाई अदालतले अभियोग दावीबाट सफाई दिएको छ  ।

      जन्मकैदको सजाय तोकिएका सातजनालाई एम्बुलेन्समा आगलागी गरेको अर्को लगाउ मुद्दामा मुलुकी ऐन,आगो लगाउनेको महलको ४ नं. को कसुरमा सोहि ४ नं. बमोजिम जनही  थप ६ महिना कैद र दश लाख क्षतिपुर्तिको फैसला गरिएको छ । उक्त क्षतिपुर्तिको रकम नेपाल सरकारलाई बुझाउनु पर्ने फैसला गरिएको श्रेस्तेदार नुतन झा ले बताईन  । जिल्ला न्यायाधिश उद्धव प्रसाद भट्टराईको एकल इजलासले सो फैसला गरेको हो ।

   यता अदालतको निणर्यको साँसद लक्ष्मी महतो कोईरीले सम्मान सहित स्वागत गरेका छन । सांसद कोईरीले अदालतले न्यायपुणर् फैसला सुनाएको भन्दै धन्यवाद व्यक्त गरेका छन ।

गत मंसिर २५ गते देखि ६ नं. फाँटमा भएको कर्तव्य ज्यान तथा आगजनीको छुट्टाछुट्टै मुद्दा(लगाउ मुद्दा) मुद्दा ईजलास नं. २ मा चलिरहेकोमा विहिवार फैसला आएको हो ।

सोहि मुद्दामा रमेश प्रसाद साह,सतेन्द्र चौधरी भन्ने सविन्द्र चौधरी,चन्देश्वर साह मेहत्तरी,राजु चौधरी भन्ने राजा चौधरी,देवेन्द्र चौधरी,नरेश साह,रामराजा साह,गोलु साह हरिओम कुमार भगत,रविन्द्र राम चमार, रंजित साह,विकी साह,फुले यादव,रोहित कुमार शर्मा,ललवा भन्ने लालबाबु बिन,शम्भु साह,अनिल ठाकुर,देवेन्द्र यादव र कौशल कुमार यादवको हकमा मुद्दा मुलतवीमा राखेको छ । वादीको तर्फबाट कर्तव्य ज्यान मुद्दामा २८ जना विरुद्ध जाहेरी दिइएको थियो ।

यस्तो थियो घटना ः

मधेश आन्दोलनको क्रममा २०७२ साल भाद्र २५ गते विहान जलेश्वरमा केहि व्यक्तिहरुले शसस्त्र असई थमन विकलाई कुटपिट गरि घाईते बनाएकोमा उनको उद्धार गरि जलेश्वर अस्पताल लगिएको र त्यहाबाट थप उपचारको लागि जनकपुर लग्ने क्रममा महोत्तरी गाउपालिकाको सोनुषडामा एम्बुलेन्स रोकी एम्बुलेन्सबाट थुतेर सोहि ठाउ स्थित धान खेतमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । भाद्र २३ गते नै सुरक्षाकर्मीको गालीबाट रोहन चौधरी,रामविवेक यादव,विरेन्द्र विक्षा र अमित कापर गरि ४ जना आन्दोलनकारीको प्रहरीको गोलीबाट मृत्यु भएको थियो । सोहि कारणले स्थानियहरुमा सुरक्षाकर्मीप्रति व्यापक आक्रोस थियो । प्रसासनले भाद्र २३ गतेको घटना  लगतै कर्फयु लगाएकोमा २५ गते बिहान केहि समयको लागि कफ्र्यु खुकुलो गरेको थियो । सोहि समय शसस्त्र असई विकलाई केहि स्थानियहरुले घेराहाली कुटपिट गरि घाईते बनाएका थिए । यता भाद्र २३ र भाद्र २५ को घटना पछि पुनः भाद्र २७ गते सुरक्षाकर्मीले चलाएको गोलीबाट रामशिला देवी मण्डल र रोहन चौधरीका हजुरबुवा गणेश चौधरीको मृत्यु भयो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर