गोपाल झा
असोज , २८ गते
प्रत्येक वर्ष झै यस वर्ष पनि आश्विन शुक्ल प्रतिपदादेखि सुरू हुने नेपालीहरूको महान् चाँड वडा दसैँ आज आईतबार देखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूणर्िमा सम्म धुमधामका साथ मनाउने गरिन्छ । यसै गरी महोत्तरी जिल्लाको एकडारा गाँउपालिका वडा न .१ मा स्थित दुर्गा मन्दिरमा आज आईतबार बिहान घटस्थापनाको दिन करीब एक हजार भन्दा बढि कुमारी कन्या सहित श्रधालुहरु कलश यात्रामा सहभागी भएका थिए ।
घटस्थापना भएको दिन देखि नौ दिन सम्म माता दुर्गा भवानीको विशेष पुजा पाठ गरिने गरिन्छ । उक्त कलश यात्रा एकडारा १ स्थित दुर्गा मन्दिरको प्रगांन बाट शुरूभई ब्रम्हस्थानमा बिधिबत पुजा अर्चना गर्दै गाँउको पश्चिममा लाग्दै गरेको बजार हुदै वडानं २ बेला गाँउको परिक्रमा गर्दै पुनः एकडारा पाठशाला चौकमा रहेको पोखरीमा कलश सोभायात्रामा सहभागी कुमारिकन्याहरु जल भरेर दुर्गा मन्दिर प्राङ्गरमा कलश राखिए पछी समापन भएका छन ।
कलश सोभायात्राको क्रममा स्थानिय ब्यबसायीहरु सुलोचन तिवारी , जगत साह बेचन साह र राजकिशोर साह कलश सोभा यात्रामा सहभागी कुमारिकनयाहरुलाई फ्रुटी र फलफुल बितरण गरेको दुर्गापुजा समितीका अध्यक्ष सुखचन्द्र मण्डल बताएका हुन् । साथै कलश यात्रामा सहभागी भएकाहरुलाई स्वास्थ्य अबस्थाको मध्यनजर गर्दै स्वास्थ्य कर्मी बिपिन मण्डलको टोली समेत कलशयात्री संगै घुम्ती टोली संचालन गरेको थियो ।
बिगत २८ बर्ष देखी एकडारामा प्रत्येक बर्ष शरद ऋतुमा मनाईने दुर्गापुजामा करीब छौ लाखको हारारीमा हुने खर्च एकडारा बेलाका सम्पुणर् गाँँउबासीले सक्यअनुसार नगद ,चामल , दाल आलु सहीत माता दुर्गाभबानीको पुजाका लागी सहयोग गरीदैँ आईरहेको छ । साथै यस बर्ष एकडारा गाँउपालीकाले पनी दुर्गा पुजाको लागी रु १ लाख र वडानं १को कार्यालयबाट पचासहजारको आर्थीक सहयोग गर्ने आश्वासन दिएको पुजा समितीका अध्यक्ष मण्डल जानकारी गराएका हुन् ।






