Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

इजरायल देशको निर्माण कसरी भयो ? किन हुन्छ आक्रमण

प्रतिक्षा खबर
२०८० आश्विन २४, बुधबार ०७:५०

एजेन्सी:सन् १९४८ मा बेलायतीहरुले समस्या समाधान गर्न नसकेपछि यहुदीहरुले इजरायल राज्य बनाउने घोषणा गरे । प्यालेस्टाइनहरुले त्यसको प्रतिरोध गरे । यसको विरोधमा छिमेकी राष्ट्रहरुबाट समेत प्यालेस्टाइनको हमलामा सहयोग भयो । हमला सुरु भएपछि हजारौं प्यालेस्टाइनहरु आफ्नो भूमि छोडेर भागे ।
युद्ध शान्तिमा परिणत हुँदाको बखतसम्म प्यालेस्टाइनको अधिकांश भूभाग इजरायलले आफ्नो नियन्त्रणमा लिएको थियो । जोर्डनले वेस्ट बैङ्क र इजिप्टले गाजा कब्जा गरिसकेको स्थिति थियो ।
जेरुसेलम पनि पश्चिमी क्षेत्रमा इजरायली र पूर्वी क्षेत्रमा जोर्डनका सुरक्षाकर्मीले घेरिएको थियो । दशकौंसम्म त्यस क्षेत्रमा युद्ध जारी रह्यो । सन् १९६७ मा इजरायलले पूर्वी जेरूसेलम तथा वेस्ट बैंक मात्रै नभएर सिरियाको गोलन क्षेत्र र गाजा तथा इजिप्टको सिनाय प्रायद्वीपको केही भूभाग कब्जा गर्‍यो ।
प्यालेस्टाइन शरणार्थी तथा तीनका आफन्तहरु गाजा तथा वेस्टबैंकमा बस्छन् । कतिपयहरु जोर्डन, सिरिया र लेबनानमा पनि बस्ने गरेका छन् ।
इजरायलले तिनीहरुलाई आफ्नो घर फिर्तीको लागि अनुमति दिएको छैन । उनीहरुलाई फिर्ताका लागि अनुमति दिएमा यहुदी राज्यमा संकट उत्पन्न हुने तर्क इजरायलले गरिरहेको छ ।
वेस्टबैंक अझै पनि इजरायलकै कब्जामा छ । गाजाबाट इजरायल पछि हटे पनि संयुक्त राष्ट्रसंघले त्यसलाई अझै पनि नियन्त्रित इलाका मान्छ । इजरायलले जेरुसेलमको सबै भूभाग आफ्नो रहेको दाबी गर्छ ।
प्यालेस्टाइनले पूर्वी जेरूसेलम प्यालेस्टाइनको भविष्यको राजधानी रहेको दावा गर्छ । जेरूसेलमलाई अमेरिकाले मात्रै इजरायलको राजधीनका रुपमा मान्छ ।
५० वर्ष यतादेखि हालसम्म त्यहाँ ६ लाख भन्दा बढी यहुदीको बसोबास छ । अन्तर्राष्ट्रिय कानुन अनुसार विवादित त्यस्ता इलाकामा बस्ती बसाउन पाइँदैन । राष्ट्रसंघको सुरक्षा परिषदमा यस विषयमा सवाल उठे पनि इजरायलले यस्ता प्रश्नलाई अस्वीकार गर्दै आएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर