Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

जहाज दुर्घटनामा चालक दलको त्रुटि भेटिएको

प्रतिक्षा खबर
२०७९ फाल्गुन १०, बुधबार १८:३५

१० फागुन, काठमाडौं । १५ जेठ २०७९ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर ९एन–एइटी/डीएचसी६–३०० जहाज दुर्घटनामा चालक दलको त्रुटि भेटिएको छ । दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो । जहाज दुर्घटना पछि गठन भएको दुर्घटना जाँच आयोगले अन्तिम प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती समक्ष पेश गरेको छ । प्रतिवेदन अनुसार जहाजमा अगाडिको पहाड र त्यसको जोखिमबारे जानकारी दिने ‘एयरक्राफ्ट अभोइडेन्स एण्ड वार्निङ सिस्टम (टीएडब्लूएस)’ बन्द (अफ) गरिएको थियो ।
सोहीकारण चालक दलले जहाजबाट अगाडि पहाड छ भन्ने जानकारी पाउन सकेनन् । आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेका अनुसार यो सिस्टम अफ नगरी जहाज उडाएको भए दुर्घटनामा पर्नु भन्दा २ मिनेट अगाडि नै चालक दलका सदस्यलाई चेतावनी प्राप्त हुने थियो । जसले गर्दा दुर्घटना टर्न सक्ने सम्भावना रहन्थ्यो । जहाजमा राखिएका प्रणालीहरुलाई सही तरिकाबाट उपयोग गर्न नसक्दा जहाज सिधै पहाडमा ठोक्किन पुगेको दुर्घटनाका कारणमा उल्लेख गरिएको छ ।
आयोगका अनुसार मौसम खराब थियो । सोहीकारण पाइलटको आँखाले अगाडि के छ भनेर देख्ने अवस्था थिएन । यस्तो अवस्थामा ‘एयरक्राफ्ट अभोइडेन्स एण्ड वार्निङ सिस्टम (टीएडब्लूएस)ले नै चालक दलका सदस्यलाई भूगोलका कारण जहाजमा हुन सक्ने जोखिमबारे चेतावनी दिन सक्थ्यो । सरकारले १६ जेठमा दुर्घटना जाँच आयोग गठन गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन भएको थियो । आयोगको सदस्यमा क्याप्टेन दीपु ज्चार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य सदस्य थिए । सचिव सचिव बुद्धिसागर लामिछाने तोकिएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर