Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

जहाज दुर्घटनामा चालक दलको त्रुटि भेटिएको

प्रतिक्षा खबर
२०७९ फाल्गुन १०, बुधबार १८:३५

१० फागुन, काठमाडौं । १५ जेठ २०७९ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर ९एन–एइटी/डीएचसी६–३०० जहाज दुर्घटनामा चालक दलको त्रुटि भेटिएको छ । दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो । जहाज दुर्घटना पछि गठन भएको दुर्घटना जाँच आयोगले अन्तिम प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती समक्ष पेश गरेको छ । प्रतिवेदन अनुसार जहाजमा अगाडिको पहाड र त्यसको जोखिमबारे जानकारी दिने ‘एयरक्राफ्ट अभोइडेन्स एण्ड वार्निङ सिस्टम (टीएडब्लूएस)’ बन्द (अफ) गरिएको थियो ।
सोहीकारण चालक दलले जहाजबाट अगाडि पहाड छ भन्ने जानकारी पाउन सकेनन् । आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेका अनुसार यो सिस्टम अफ नगरी जहाज उडाएको भए दुर्घटनामा पर्नु भन्दा २ मिनेट अगाडि नै चालक दलका सदस्यलाई चेतावनी प्राप्त हुने थियो । जसले गर्दा दुर्घटना टर्न सक्ने सम्भावना रहन्थ्यो । जहाजमा राखिएका प्रणालीहरुलाई सही तरिकाबाट उपयोग गर्न नसक्दा जहाज सिधै पहाडमा ठोक्किन पुगेको दुर्घटनाका कारणमा उल्लेख गरिएको छ ।
आयोगका अनुसार मौसम खराब थियो । सोहीकारण पाइलटको आँखाले अगाडि के छ भनेर देख्ने अवस्था थिएन । यस्तो अवस्थामा ‘एयरक्राफ्ट अभोइडेन्स एण्ड वार्निङ सिस्टम (टीएडब्लूएस)ले नै चालक दलका सदस्यलाई भूगोलका कारण जहाजमा हुन सक्ने जोखिमबारे चेतावनी दिन सक्थ्यो । सरकारले १६ जेठमा दुर्घटना जाँच आयोग गठन गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन भएको थियो । आयोगको सदस्यमा क्याप्टेन दीपु ज्चार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य सदस्य थिए । सचिव सचिव बुद्धिसागर लामिछाने तोकिएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर