Advertisement
ताजा खबर
मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन

☰

झुम्का कारागारबाट भागे कैदीबन्दी, उर्लाबारी र पथरीबाट थुनुवा

प्रतिक्षा खबर
२०८२ भाद्र २५, बुधबार ०८:१३

२५ भदौ, विराटनगर । सुनसरीको झुम्का कारागारबाट पनि कैदीबन्दी भागेका छन् । जेनजी प्रदर्शनकारीका नाममा पुगेको समूहले मंगलबार राति कारागारबाट कैदीबन्दी भगाएका हुन् ।

झुम्का कारागारमा ‘ए’ र  ‘बी’ गरी १०९८ जना कैदी रहेका थिए । जेलर सुवास लामिछानेका अनुसार उक्त समूहले बल प्रयोग गरेर कैदीबन्दी भगाएका हुन् ।

उनका अनुसार अधिकांश कैदीबन्दी भागे । कैदीबन्दी भाग्दै गर्दा नेपाली सेनाको टोली पुगेपछि केहीलाई भित्रै राखिएको छ । ‘अन्तिमसम्म प्रयास गरियो, बल प्रयोग गर्नुपर्ने अवस्था भएपछि थप क्षति हुन नदिन सुरक्षा निकाय ब्याक भयो’, उनले भने, ‘सेना आइपुगेपछि भाग्दै गरेका केही कैदीलाई कारागारमा फिर्ता ल्याइयो, संख्या भरे यकिन हुन्छ ।’

जेनजीको नाममा आएको समूहले मोरङको इलाका प्रहरी कार्यालय पथरी र उर्लाबारीमा रहेका सबै थुनुवालाई भगाएका छन् । उर्लाबारीमा १९ र पथरीमा १४ जना थुनुवा थिए । उक्त समूहले पथरीको मुद्दा शाखाका कागजात पनि  जलाएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर