Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

एकता नजिक जनमत-नाउपा, सिके अध्यक्ष र रेशम संरक्षक

प्रतिक्षा खबर
२०८१ चैत्र २४, आईतवार २१:२८

बर्दिया, चैत २४ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एकतापछिको नाम नागरिक जनमत पार्टी राख्न दुवै दल सहमत भएका छन् । आइतबार बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा बसेको एकता कार्यदलको बैठकले नाम र चुनाव चिह्नमा सहमति गरेको हो ।

कार्यदलमा समेत रहेका जनमतका उपाध्यक्ष अब्दुल खानले चुनाव चिह्न ढकिया राख्ने निर्णय भएको जानकारी दिए । ढकिया नागरिक उन्मुक्ति पार्टीको चुनाव चिह्न हो । आयातकार आकारको झण्डाको बीचमा ढकिया राखिने खानले जनाएका छन् ।एकतापछिको पार्टीको संरक्षकमा रेशमलाल चौधरी र कार्यकारी अध्यक्षमा सीके राउत रहने उपाध्यक्ष खानले कान्तिपुरलाई जानकारी दिए । त्यस्तै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ भने तेस्रो वरीयताकी नेताका रूपमा रहने सहमति भएको छ ।

क्षेत्रको हिसाबले चितवनदेखि झापासम्म राउतलाई जिम्मा दिइएको छ । चितवनदेखि पश्चिम रेशमलाल चौधरीलाई जिम्मेवारी मस्यौदा समितिले दिएको छ । केही दि पछि कार्यसमितिको बैठक बसेर एकता प्रक्रिया टुंग्याइने नेताहरूले जनाएका छन् । वैशाख देस्रो साताभित्र पार्टी एकीकरणको विषय टुंगो लगाई वैशाख १५ गते घोषणा गरिने जनमतका उपाध्यक्ष खानले बताए ।

मधेश र तराईमा गत आमनिर्वाचनमा उदाएका जनमत र उन्मुक्ति पार्टी एकताका लागि बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा पहिलो कार्यदलको बैठक बस्नुअघि जनमतका अध्यक्ष राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीबीच गुलरियामा छलफल भएको थियो । पार्टी एकीकरणका लागि वैशाख ५ र ६ गते टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको बैठक बस्ने चौधरीले बताए । संक्षिप्त कुराकानीमा जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय दलका आधारमा राष्ट्रिय दलको हैसियतले एकीकरणको नेतृत्व आफ्नो पार्टीले लिने बताए । एकीकरणका लागि दुवै पार्टीबीच कुनै माग नभएको उल्लेख गर्दै अध्यक्ष राउतले भने,केही कुरामा समझदारी नभए दुवै पार्टीले अडान छाड्नै छौँ । एकीकरणको मुद्दा छिट्टै टुंगाउने छौ । पहिचानको मुद्दा दुवै पार्टीको हो ।

मस्यौदा समितिको बैठकमा दुवै पार्टीका उच्चस्तरीय नेताहरूको सहभागिता रहेको छ । बैठक अझै जारी छ । नेताहरूले आगामी निर्वाचनमा तराईरमधेशमा पहिचानवादी निर्णायक शक्ति बन्ने लक्ष्यका साथ पार्टी एकता हुने बताएका छन् । गत प्रतिनिधिसभा चुनावमा नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ ४ र जनमतले १ सिट जितेको थियो । जनमतले समानुतिकतर्फ ५ सिट जितेको थियो । प्रदेशतर्फ सबैभन्दा बढी सुदूरपश्चिममा नाउपाका ७ सांसद छन् । त्यस्तै लुम्बिनीमा ४ र मधेशमा १ सांसद छन् । त्यस्तै मधेशमा जनमतका १३ र लुम्बिनीमा ३ सांसद छन् । १०७ सदस्यीय मधेश प्रदेशसभामा १४ सांसदसहित एकीकरणपछि पनि चौथो दलका रूपमा रहनेछ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा ५ औं र ६औं स्थानमा रहेका नाउपा र जनमत एक भए चौथो स्थानमा पुग्नेछ । लुम्बिनीमा राप्रपाका पनि ४ सांसद छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर