Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

वीरगञ्ज : नशालु पदार्थ खुवाएर छोरीको साथीमाथि पटक-पटक बलात्कार, गर्भवती भएपछि बाहिरियो घटना

प्रतिक्षा खबर
२०८१ चैत्र १३, बुधबार २१:३९

वीरगञ्ज । वीरगञ्जमा एक जना किशोरीमाथि पटक–पटक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । पीडित किशोरी बलात्कारका कारण गर्भवती भएको र उनको गर्भ १० हप्ताको भएको तथ्य पनि बाहिर आएको छ ।

प्रहरीका अनुसार पीडकले किशोरीलाई पानीमा नशालु पदार्थ मिसाएर मानसिक रूपमा सुस्त बनाई पटक–पटक बलात्कार गरेको खुलेको छ ।

पीडित किशोरीले प्रहरीलाई दिएको बयानमा आफू पीडकको घरमा पढ्न जाँदा यस्तो अमानवीय व्यवहारको सिकार भएको बताएकी छन् । पीडकले उनलाई पानीमा नशालु पदार्थ मिसाएर बेहोस बनाउने र त्यसपछि बलात्कार गर्ने गरेको किशोरीको बयान छ ।

किशोरीका अनुसार, पीडकले आफूलाई ज्यान मार्ने धम्की दिने गरेको र घटना बाहिर ल्याए बेइज्जत गराइदिने धम्की दिँदै नियमित रूपमा यौन शोषण गर्ने गरेका थिए । पीडित किशोरी पीडककी छोरीकी साथी भएको र सोही नाताले उनको घरमा आउजाउ गर्ने क्रममा अपराधको सिकार बनेकी हुन् ।

पीडकको नाम शेख मोहम्मद अनवर रहेको प्रहरीले जनाएको छ । ५२ वर्षीय अनवर वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ इस्लामपुरका स्थायी बासिन्दा हुन् । हाल उनी वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मुर्लीमा बस्दै आएका थिए ।

पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले पीडित किशोरीले दिएको जाहेरीका आधारमा आरोपी अनवरलाई नियन्त्रणमा लिइसकिएको जानकारी दिए । उनले भने, “हामीले पीडितको बयान र जाहेरीका आधारमा आरोपीविरुद्ध अनुसन्धान सुरु गरेका छौँ । उनलाई पर्सा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।” प्रहरीले घटनालाई जबरजस्ती करणीको मुद्दाको रूपमा दर्ता गरेको छ।

पीडित किशोरी हाल प्रहरीको संरक्षणमा छिन् । उनको स्वास्थ्य परीक्षणका लागि प्रहरीले तत्काल कदम चालेको छ भने आवश्यक कानुनी र मानसिक परामर्श पनि प्रदान गरिरहेको छ । गर्भ १० हप्ताको अवस्थामा रहेकी किशोरीको शारीरिक र मानसिक स्वास्थ्यमा विशेष ध्यान दिइएको प्रहरीले जनाएको छ ।

घटनाले वीरगञ्ज क्षेत्रमा ठूलो तरङ्ग ल्याएको छ । स्थानीय बासिन्दाहरूले यस्तो जघन्य अपराधको कडा भन्दा कडा सजायको माग गरेका छन् । किशोरीको संरक्षण र न्यायका लागि आवाज उठ्न थालेको छ ।

घटना समाजमा लुकेर रहेको अपराधको एउटा डरलाग्दो उदाहरण बनेको छ । प्रहरीले मुद्दालाई गम्भीरतापूर्वक लिएको र पीडकलाई कानुनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता रहेको एसपी मिश्रले बताए । पीडित किशोरीको भविष्य र उनको स्वास्थ्यको रक्षा गर्न सबै पक्षको सहयोग आवश्यक देखिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर