Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव

☰

पाकिस्तानमा शिया–सुन्नीबिचको लडाईमा दर्जनौँको मृत्यु

प्रतिक्षा खबर
२०८१ मंसिर १०, सोमबार १४:५२

इस्लामावाद । पाकिस्तानको खैबर पख्तुनख्वामा पर्ने कुर्रम जिल्ला विगत केही दिनदेखि शिया र सुन्नीबिच युद्धको मैदान बनेको छ । यहाँ एकपछि अर्काे आक्रमणमा दर्जनौँ मानिसको मृत्यु भएको छ भने हिंसाका घटनाले सारा देश स्तब्ध बनेको छ । सरकारले दुवै पक्षसँग वार्ता गरी तत्कालका लागि उक्त क्षेत्रमा युद्धविरामको घोषणा गरेको छ ।

अफगानिस्तानसँग सीमा जोडिएको कुर्रम जिल्लामा विगत केही सातादेखि अलिजाई र बागान जनजातिबिच झडप भइरहेको छ । नोभेम्बर २१ मा यहाँ सबैभन्दा नराम्रो झडप भयो । सुन्नी मुस्लिमहरूको समूहले प्रहरी सुरक्षामा जाँदै गरेको शिया मुस्लिमहरूको सवारी साधनलाई निशाना बनाए ।

यस क्रममा ४० जनाभन्दा बढीको मृत्यु भयो । मृत्यु हुनेमा धेरै महिला र बालबालिका समेत थिए । यसपछि नोभेम्बर २२ र २३ मा पनि ठुलो मात्रामा दङ्गा भयो । यी दङ्गामा परेर अहिलेसम्म ८० जनाभन्दा बढीले ज्यान गएको र १५० भन्दा बढी घाइते भएको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्कअनुसार पछिल्लो घटना र गत महिनामा भएका हिंसालाई समेत समावेश गर्दा यी दङ्गामा १५० भन्दा बढीको मृत्यु भइसकेको छ । सञ्चार माध्यममा छापिएका खबरका अनुसार पछिल्लो हिंसाका क्रममा शिया पक्षबाट ६६ जनाको मृत्यु भएको आधिकारिक तथ्याङ्क आएको छ । सुन्नी पक्षबाट १६ जनाले ज्यान गुमाएको बताइएको छ । झन्डै ३ सय घुरपरिवार कुर्रम छोडेर हांगु र पेशावर जान बाध्य भएको पनि बताइएको छ ।

के भन्छ प्रदेश सरकार ?

यस्तो अवस्थामा सरकारको मध्यस्थतामा भएको युद्धविरामले स्थिति सामान्य हुने अपेक्षा गरिएको छ । दुई जनजाति समुदायबिचको यो पूरै द्वन्द्व जग्गा विवादलाई लिएर भएको हो । यसको समाधानका लागि खैबर पख्तुनख्वा सरकारले एक आयोग गठन गरेको छ ।

दुई पक्षबिचको यो युद्धविराम ७ दिनसम्म जारी रहने मुख्यमन्त्रीका सल्लाहकारले भनेका छन् । एक अर्काले अपहरण गरेका व्यक्ति र शव फिर्ता गर्ने विषयमा पनि दुवै पक्षबिच सहमति भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर