Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

एकडारामा विशेषज्ञ चिकित्सक सहित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

प्रतिक्षा खबर
२०८१ मंसिर ९, आईतवार २१:२८

महोत्तरी

गोपाल झा मंसिर ९ गते

महोत्तरीको एकडारा गाँउपालीकाको वडा नं.१मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

ग्रामीण भेगका मानिसहरु आर्थिक अभाव र विभिन्न कारणबाट उपचारबाट बञ्चित हुनबाट रोक्न रोग पहिचान गरि समयमै उपचार भए स्वस्थ पालीका बन्ने उदेस्यले एकडारा गाँउपालीकाको वडा नम्बर-१ स्थित श्री माबिमा आईतबार एकडारा गाउँपालिका र जानकी मेडिकल कॉलेज शिक्षण अस्पताल रमदैया भवाडी ,धनुषाको संयुक्त सहकार्यमा एक दिने निःशुल्क शिविर सम्पन्न भएको छ । शिविरमा बिशेषज्ञ सहित ३० जना चिकित्सकहरु खटिएका थिए ।    आईतबार सम्पन्न एक दिने निः शुल्क स्वास्थ्य शिविरमा एकडारा गाँउपालीकाको छ वटै वडाका चार सय भन्दा बढी बिरामीको चेक जाँच गरिएको थियो ।

मुटु, मिर्गौला, आँखा, नाक, कान, घाटी, छाला तथा यौन रोग, हाड जोर्नी , नशा, महिला तथा स्त्री विशेषज्ञ सेवा, बाल रोग, हृदय रोग र दाँत रोगको उपचार गरिएको थियो । मुटुको इसिजी, भिडियो एक्सरे, दिसा पिसाब खकार तथा रगत जाँच र औषधि निःशुल्क प्रदान गरेको जानकी मेडिकल कॉलेजका निर्देसक डा. राजिव झाले बताउनुभयो ।   यस पालिकामा संचालन गरीएको यस स्वास्थ्य शिबिरमा एकैपटक धेरै रोगको चेकजाँच र उपचार गरीएको र यसबाट धेरै बिरामी लाभान्वित भएका छन् । शिबिरमा महिला , बालबालीका र वृद्धहरु समेत उपचारका लागि आएका एकडारा गाँउपालीकाका स्वास्थ्य संयोयक महेन्द्र कुमार मण्डलले बताउनुभयो ।

शिबिरमा जटील रोग दमका २५ जना हाईब्लडप्रेसरका १५ जना चिनि रोगका २० जना र मुटु रोगका आठ जना गरी करीब अस्सी जना बिरामीहरुलाई थप उपचार र अप्रेसन गर्नुपर्ने भएकोले त्यस्ता बिरामीहरुलाई यातायातको सुबिधा सहीत बिशेष सहुलियतमा शिक्षण अस्पताल रमदैया लगी उपचार गर्ने बताइएको छ ।     शिविर सञ्चालन हुनुपूर्व सञ्चालित औपचारिक कार्यक्रममा बोल्दै एकडारा गाँउपालीकाका अध्यष दिपनारायन मण्डलले बालबालिका बृद्ध  र महिलाहरु स्वस्थ भएमा मात्र उनीहरुको भविष्य उज्जवल हुने सम्भावना रहेकोले बेलाबेलामा बिशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गर्दे आई रहेको धारना राख्नुभयो । कार्यक्रममा उपस्थित चिकित्सक, स्वास्थ्य शिविरमा खटने स्वयंसेवक, आयोजक र स्वास्थ्य परीक्षनका लागि आएका बालबालिका र स्थानीहरुलाई स्वागत गर्दै अध्यक्ष मण्डलले खास गरी बालबालिकाको विकासमा सबैको प्रयास भए मात्र उनीहरुको समग्र विकासको परिकल्पना वास्तविकतामा परिणत गर्न सकिने बताउनुभयो ।    कलेजले हरेक वर्ष एक सयभन्दा बढी स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । महोत्तरी धनुषा र सिरहा जिल्लाको बिभिन्न स्थानीय तह संग समन्वय गरी दोश्रो हप्तापिच्छे शिविर संचलन गर्दै आई रहेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर