Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

बजेटमा भागबन्डा नमिल्दा पर्साका पाँच वटा पालिकामा अझै हुन सकेन नगर परिषद्

प्रतिक्षा खबर
२०८१ भाद्र २४, सोमबार २१:१०

। बजेटमा भागबन्डा नमिल्दा पर्साका पाँच वटा पालिकामा अझै नगर परिषद् हुन सकेको छैन । मेयर र वडाध्यक्षसहित पालिका सदस्यहरूबिच बजेट रकममा भागबन्डा नमिल्दा नगर परिषद् प्रभावित बनेको हो ।

संवैधानिक प्रावधान अनुसार ३० असारभित्र नै पालिकाहरूले आ–आफ्नो नगर परिषद् गरिसक्नु पर्ने हो । तर जिल्लाको बहुदरमाइ नगरपालिका,  विन्दवासिनी, धोबनी, कालिकामाइ र पकहामैनपुर गाउँपालिकामा अझ नगर परिषद् हुन नसकेको हो ।

पाँच वटै पालिकामा प्रमुख/अध्यक्ष र वडाअध्यक्षसहित कार्यपालिका सदस्यहरूमा बजेट बाँडफाँडमा मतभेद भएपछि नगर परिषद् प्रभावित भएको जनाइएको छ ।

बहुदरमाइ नगरपालिकाको नगर परिषद् अझ अन्योलतामै रहेको नगरपालिकाको कार्यालयले जनाएको छ । मेयर र वडाध्यक्षहरुबिच चर्को विवाद उत्पन्न भएपछि नगर सभा अनिश्चित बन्दै गएको छ ।

नगर प्रमुखले नै बजेट तथा योजनामा मनोमानी गर्न थालेपछि नगर परिषद् हुन अनिश्चित बनेको बताइन्छ ।  मेयर सिंघासन साह तेलीको मनपरीले नगर परिषद् हुन नसकेको वडाध्यक्षहरुको गुनासो छ ।

बहुदरमाइ नगरपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष दिनेश यादवले मेयरले पालिकामा मनपरी बजेट राख्न खोजेपछि विवाद चर्किएको बताए ।

त्यही विवादको कारण नगर परिषद्मा असर पुगेको उनी बताउँछन् । उनले भने, ‘मेयरले आफ्नो आसेपासेका अनुसार बजेट राख्न खोजिरहेका छन्, वडाध्यक्षहरुसँग कुनै तालमेल नगरीकन । वडाध्यक्षहरुको योजनालाई पनि बेवास्ता गर्न खोजेपछि विवाद चर्किएको हो । मेयर साहेबको मनपरी अन्त्य नभएसम्म हामी सहमति गर्दनौं ।’ उनका अनुसार वडाध्यक्ष पनि जनतप्रतिनिधि नै हुन, जनताबाट चुनिएर आएका हुन् ।

उनले भने, ‘हामीले पनि मेयरसाहेब जस्तै जनताको विकासका लागि काम गर्नुपर्छ, काम गरिएन भने जनताले हामीलाई छाड्दैनन् । तर मेयर साहेबले त्यसको परवाह छैन, आफ्नै मनपरी छ । मूलतः यही कारण हो विवादको ।’

यसैगरी विन्दवासिनी गाउँपालिकामा पनि गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुबिच तालमेल नमिल्दा नगर परिषद् हुन सकेको छैन ।

वडाध्यक्ष मुक्तिनाथ प्रसाद कुर्मीले गत वर्षको हिसाबकिताब माग गर्दा जानकारी नदिएपछि विवाद चर्किएको सुनाए ।

धोबनी गाउँपालिकामा पनि मेयर र वडाध्यक्षहरुबिच बजेट बाँडफाँडमा मतभेद भएपछि नगर परिषद् प्रभावित बनेको पालिका सदस्यहरूको गुनासो छ । गाउँपालिकाका अध्यक्ष चौहानले पनि वडाध्यक्षहरुसंगको मतभेदका कारण नगर परिषद् रोकिएको बताए । तर त्यसका लागि छलफल भने भइरहेकोले चाँडै परिषद् हुने उनको भनाइ छ ।

यता पकहामैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताले पनि आफ्नो नगर परिषद् हुन नसकेको स्वीकारे । भागबन्डामा सहमति नमिल्दा नगर परिषद् भाँडिएको उनको स्वीकारोक्ति छ ।

त्यसैगरी कालिकामाइ गाउँपालिकामा पनि नगर परिषद् हुन सकेको छैन । कर्मचारीको विवाद देखाएर गाउँपालिका अध्यक्ष वशिष्ठ कुमार र वडाध्यक्षबिच चर्को विवाद चुलिएपछि नगर परिषद् हुन नसकेको बताइए पनि वास्तविकमा भने आपसी तालमेल नमिल्दा नगर परिषद् रोकिएको पालिकाका सदस्यहरू बताउँछन् ।

गाउँपालिका प्रमुख कुमारले भने अहिले पालिकामा विभिन्न विषयमा विवाद भएकोले गर्दा नगर सभा नभएको बताए । तरपनि सबै विवाद सुल्झाएर चाँडै परिषद् गर्न लागिएको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर