Advertisement
ताजा खबर

गरीबको दुःख बोल्दीने कोई छैन हजुर नेताको उपचारमा वर्षेनी करोडौं खर्च, जनता ओछयानमै उपचार खर्चको अभावमा छटपटाउँदै

प्रतिक्षा खबर
२०७९ भाद्र ९, बिहीबार ०५:५०

गोपाल झा
महोत्तरी , भदौ ८ गते
नेताहरुको उपचारमा सरकारले बर्षेनी कडोरौं रुपैयाँ खर्च गर्छ । पँहुच हुनेहरु सामान्य उपचारका लागि सरकारी खर्चमा विदेशमा पुग्छन् ।
म जस्तो गरीबको दुःख बोल्दीने कोई छैन हजुर , उपचार खर्चको अभावमा थला परेका बिरामी छोराको छेउमा बसेका आँखाबाट पिडाको आँशु झार्दै १६ बर्षीय बिरामी कन्हैया मुखीयाको बाबु गंगा मुखीया भन्छन भोँट दिने र कर तिर्ने हामी गरीब नागरिक उपचार खर्चको अभावमा महिनौ देखी छोरा ओछयानमै छटपटाई रहेका छन् के गरौ कहाँ जाउँ कसलाई आफ्नो दुःख पोखौ कसले सहयोग गर्छन ।
महाोत्तरी जिल्लाको एकडारा गाँउपालीका वडा नं. एक घर भएका १९ बर्षीय कन्हैया मुखीया बिन बिगत करीब एक बर्ष देखी प्लास्टिकले छाएको एउटा सानो झुप्रोमा राखीएको ओछयानमा अहिले छटपटाइरहेका छन । पैसाकै अभावले मजुरी गर्न बिदेश जान न सकेपछी गत बर्ष मजदुरी गर्न काठमाण्डु गएको मुखीया एक जना हाकीमको घरमा काम गर्दै बखत भर्याङ चढने क्रममा भर्याङबाट लडेर उसको बाँया खुटटा मडकिदा त्यहा उपचार गराउन न सकीए पछी उनी घर फर्के ।
घरको अबस्था दयनिय रहेको ले मुखीयाको बाबु गंगा मुखीया पहिला त गाँउघरकै घरेलु उपचार गराए पछी ठीक न हुँदा स्थानिय अस्पताल देखी सम्पतीका नाउँमा रहेको घरेडी समेत बन्धकी राखेर रिऋ काढेर छोराको उपचार गर्न भारतको सितामढी स्थित निजी क्लिीनकमा करीब १ महिना सम्म उपचार गराए ,सितामढीमा उपचार गराउँदा करीब एक लाख भारु. खर्च भएपनी चोट निको हुनुको सट्टा घाउ भएर बिस्तार भए पछी घर फर्के । बाबु गंगा मुखिया छोराको घाउको उपचार गराउनलाई गाँउघरका साहु महाजन संग हातखुट्टा जोरेर फेरी रिऋ लिएर धरानको हास्पीटलमा करीब तिन महिना सम्म उपचार गराए । धरानकको हास्पीटलको बेडमा छोराको उपचारको क्रममा बाहिर बाट किनेर ल्यानु पर्ने औषधीको खर्च र कुरुवा बस्ने आमा शुसिला देबी मुखीया सहित आफु खाने खानाको बन्दोबस्त गर्नलाई गंगा धरानमा दिनभर रिस्सा चलाउँदै मजदुरी गरेर पैसाको बन्दो बस्त गर्दे तिन महिना काटे पछी डाक्टरले कैन्सरको आशंका रहेको भन्दै ब्लड परिक्षणको लागी भारतको मुम्बई पठाएको थियो ।
डाक्टरका अनुसार कन्हैया मुखीयालाई कैन्सर भएको हुन सक्ने संभाना देखीएकोले उहाँलाई दुई महिना अगाडी भरतपुरको बीपी मेमोरीयल हास्पटील भरतपुर लै जान सुझाव दिका छन ।
गंगाले रुँदै भने उपचारमा अहिले सम्म झण्डै पाँच लाख रुपैयाँ भन्दा बढी खर्च भै सकेको छ । त्यो खर्च पनि उहाँले ३ वटा बाख्रा, घरमा भएको चाँदीको गहना कानमा लगाउने सुनको बाली र दुई धुर घडेरी समेत बेचेर पनी न पुग्दा साहु संग रिऋ लिएर अहिले सम्म उपचार गराए । अब छोराको थप उपचारका लागि बेच्ने बाँकी केही छैन् र साहुले पनी अब रिऋ दीँदैनन् आँखाबाट आँशु झार्दै अब के गर्नै केही उपाय छेन भन्दै गंगा निरास भएका छन् ।
सरकारले क्यान्सर रोगीका लागि एक लाख रुपैयाँसम्म आर्थिक सहयाता गर्ने नीति लिएको छ । त्यसका लागि स्थानीय तहको सिफारिस अनिवार्य चाहिन्छ । तर, सिफारिस बनाइदिने कस्ले बिरामी परेका छोरा कन्हैया को आमा शुसिला देबी मुखीयाले छोराको उपचारमा कतैबाट कुनै सहयोग न पाएको गुनासो गर्नुभयो । आँखामा आँशु डबडबाएकी आमा शुसिला देबी भन्छीन अहिले सम्म पाँच लाख भन्दा बढी रुपैयाँको ऋण छ । यो ऋण यिनै छोराको उपचारका लागि लीएको हो । गंगाले गाउँकै साहुमहाजनसँग घर बन्दकी राखेर महंगो ब्याजमा ऋण लिनुभएको हो ।
छोराको उपचारमा कति खर्च लाग्ने हो गंगालाई केही थाहा छैन् । उहाँले नागरिकका लागि सरकार भएको कतैबाट अनुभुति नै गर्नुभएको छैन ।
उपचारको अभावमा गंगाको छोरा १६ बर्षीय कन्हैयाको जीवन बाँच्छ की ? यी नागरिकको निरिह अनुहारले राज्यको वेवास्तालाई झल्काउँछ । जेनतेनको कमाइबाट राज्यलाई कर तिर्ने यी गंगा जस्तो गरीब आम नागरिकको पीडा कहिलेसम्म यस्तो ? यिनै पीडितको करबाट उठेको करौडौं रकम नेता र पहुँचवालाहरुले उपचारका नाममा सहजै पाउँछन् । तर कन्हैया जस्तो १६ बर्षे गरीब युवा अस्पतालको मुखै न देखि प्राण त्याग्न बाध्य छन् ।
स्वास्थ्य सेवा पाउने नागरिकको नैर्सगिक अधिकार हो । तर त्यो अधिकार संविधानमा मात्रै सीमित छ । संविधानमा लेखिएको त्यो अधिकार लेख्नेहरुले मात्रै पाएका छन् । आम नागरिकले त पँहुच हुनेहरुको उपचार गर्ने खर्च जुटाउनका लागि कर मात्रै तिरिदिनु पर्छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर