Advertisement
ताजा खबर
सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

जनकपुरधाम बन्द हुने

प्रतिक्षा खबर
२०७६ चैत्र १०, सोमबार १९:२६

जनकपुरधाम- विश्वभर कोरोना भाइरस संक्रमणको संक्रमण बढ्दै गएपछि जनकपुर बजार बन्द हुने भएको छ। कोरोना संक्रमण भित्रिन नदिन भोलिदेखि जनकपुर बजार बन्द हुन लागेको हो।
जनकपुर उद्योग वाणिज्य संघको सोमबार बसेको बैठकले कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजरी गरी मंगलबारदेखि चैत १६ गतेसम्म अत्यावश्यकबाहेक सम्पूर्ण व्यवसायिक प्रतिष्ठानहरु बन्द गर्ने निर्णय गरेको छ।
जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साहले सम्पूर्ण वस्तुगत संघसंस्थाहरुको सुझावअनुसार भोलिदेखि चैत १६ गतेसम्म जनकपुर बजार बन्द गर्ने निर्णय भएको जानकारी दिए।
बजार क्षेत्रमा भीडभाड हुन नदिन अत्यावश्यकबाहेक अन्य सम्पूर्ण पसलहरु मंगलबारदेखि बन्द रहने उनले बताए।
दैनिक उपभोग्य वस्तु, दुधजस्ता अत्यावश्यक सामग्रीबाहेक अन्य सम्पूर्ण पसलहरु बन्द गर्ने निर्णय वाणिज्य संघले गरेको वरिष्ठ उपाध्यक्ष साहले जानकारी दिए।
यसअघि आइतबार बसेको वाणिज्य संघको बैठकले कोरोना भाइरसको महामारीका कारण कुनै समयपनि बजार बन्द गर्ने अवस्था आउनसक्ने भन्दै सम्पूर्ण सबैलाई तयार भएर बस्न आग्रह गरेको थियो।
भारत बिहार राज्यको पटनामा कोरोना संक्रमणबाट एकजनाको ज्यान गएपछि जनकपुरसहितको क्षेत्रमा त्रास उत्पन्न भएको छ।
कोरोना त्रासका कारण जनकपुर बजार क्षेत्रमा मानिसहरुको चहलपहल पातलिएको छ।
मानिसहरुको चहलपहलमा कमी भएपछि स्थानीय रुटमा चल्ने सार्वजनिक यातायातका साधनहरु समेत न्यून संख्यामा गुडेका छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर