Advertisement
ताजा खबर
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो हाजरी जमानिमा छुटे पुर्बप्रधानमन्त्री ओलि
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो हाजरी जमानिमा छुटे पुर्बप्रधानमन्त्री ओलि

कक्षाकोठाभित्र वार्षिक परिक्षा, चौरमा विवाहको भोजकाे रमिता

प्रतिक्षा खबर
२०७६ फाल्गुन ३०, शुक्रबार १८:५६

महोत्तरी,औरही । विद्यालय शिक्षा दिने क्षेत्रहाे भन्नेकुरा कसैसंग लुकेकाे छैन र कसैले नजानेकाे पनि हाेइन विद्यालयमा अभिभावकहरु अाफनाे बच्चालाई शिक्षा अार्जन गर्न विद्यालयमा पठाउने गरिन्छ तर महाेतरीकाे अाैरही नगरपालिका वाडा नम्बर ८ मा यस्ताे एउटा विद्यालय हाे जहाँ न शान्ति हुन्छ न साेचेकाे जस्ताे पढाइ विद्यालयलाई केही व्यक्तिहरुले अाफनाे निजिकरणर गरेर राजनेतिक अखडा बनाएका छन ।

गाउँमा भएकाे प्रत्येक भाेज र बराति बस्ने धर्मशालाकाे रुपमा परिणत गरेकाे देखिन्छ । गाउँमा भाेज भतेर हुने भाडाकुडा समेत विद्यालयकाे काेठामा राखने गरिन्छ ।यस्तेै अाज वार्षिक परिक्षा संचालन भईरहेको समयमा महोत्तरीको औरही नगरपालिकामा रहेकाे विद्यालयको प्राङ्गणमा सर्वसधारणले भोज खाएकाे थियाे । शुक्रवार दिउँसो औरही नगरपालिका ८ मा रहेको सोनामाई आधारभुत विद्यालय टिम्कियाका कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुले कक्षाकोठाभित्र पहिलो दिनको परीक्षा दिईरहेको समयमा वाहिर विद्यालयको चौरमा विहेको भोजको आयोजना गरिएको थियो । र बाहिर बाजा बजाई रमिता गरिरहेकाे थियाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाराम यादवकाे अाफनै छोराको बिहे भोजकाे रमिता गरेर विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको स्थानिय रामआश्रय यादवले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवले विद्यालयलाई नीजिकरण गरेकोले अव विद्यालयमा सुधारको अत्यन्त आवश्यक रहेको सुझाव दिनुभएको छ । वडामा सार्वजनिक धर्मशाला वा दलानको अभाव भएकोले विद्यालयमा भोजभात गरेको हुनसक्ने वताउनुहँुदै उहाँले वार्षिक परिक्षा संचालन भईरहेको समयमा विद्यालयमा भोज भतेर गरेकोप्रति आपति जनाएका छन ।

स्थानीय युवा धर्वेन्द्रकुमार यादवले आफुले यसको विरोध गर्दा व्यवस्थापन समितिले आफनो घरमा कुरा लगाएको बताउनुहुदै गलतलाई गलत भन्दा दवाव झेल्नुपरेको बताउनुभयो । उहाँले समाजमा गलत भनेर विरोध नै गर्न नसकिएको बताउनुहुदै सुधार गर्नुका साटो दवाव दिनु उचित नभएको सुझाव दिनुभयो ।

यससम्बन्धमा औरही नगरपालिकाका शिक्षा समिति संयोजक धनबहादुर राईले आफुहरुलाई पनि यससम्बन्धी जानकारी भएपछि तत्कालै हटाउन लगाएको बताउनुभयो । उहाँले विद्यालयका प्रधानाध्यापक सरिता कुमारी यादवलाई विद्यालयमा विद्यालय चलिरहेको समयमा यस्ता गतिविधि नगर्न र नगराउन निर्देशन दिइसकेको बताउनुभयो ।

यस सम्बन्धमा जानकारी आउने वितिकै आफुले सो विद्यालयका प्रधानाध्यापक सरिता कुमारी यादवसँग लिखित रुपमा स्पष्टीकरण माग गरेको औरही नगरपालिकाका शिक्षा शाखा संयोजक धनराज राईले बताउनुभयो । बर्षाले गर्दा सडक अवरुद्ध भएकोले आईतबारसम्म चितवुझदो जवाफ प्रधानाध्यापक यादवले स्पष्टीकरण पेश नगरे कानुनअनुसार कारवाही प्रक्रिया अगाडि बढाईने संयोजक राईले बताउनुभयो ।

यस सम्बन्धमा जिल्ला समन्वय ईकाई कार्यालय महोत्तरीका प्रमुख शत्रुध्न प्रसाद यादवले विद्यालयभित्र परिक्षा संचालन भईरहेको समयमा वाहिर स्थानियहरुले भोजभतेर गरेर विद्यार्थीको भविष्य उपर नै खेलवाड गरेको आरोप लगाउनुभएको छ ।

समुदायको सम्पति भएकोले यसलाई संरक्षित गर्नका लागि स्थानियले नै उचित भुमिका निर्वाह गर्नुपर्ने आवश्यकतामाथि प्रमुख यादवको भनाई रहेको छ । विद्यालयले कुन रुपमा अनुमति दिएको हो यस सम्बन्धमा आफुले बुझने प्रयासमा रहेको प्रमुख यादवले प्रतिक्रिया दिनुभएको हो । सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न चैत ५ गते भित्र परिक्षा सक्न दिएको निर्देशन अनुसार महोत्तरीमा शुक्रबारबाट परिक्षा शुरु भएको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर