• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महोत्तरीमा क्रसर उद्योग बन्द गरिने


महोत्तरीमा क्रसर उद्योग बन्द गरिने

महोत्तरी : जताततै क्रसर उद्योगले अवैध उत्खनन बढाएका गुनासो बढेपछि महोत्तरी जिल्लामा क्रसर उद्योग अब पूर्णरुपमा बन्द गरिने भएका छन् ।

प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित जिल्ला अनुगमन समितिले जिल्लाका सबै क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय गरेको हो । जिल्लाका क्रसर उद्योगहरुले गत आर्थिक वर्ष २०७५/७६ को स्टक (भण्डार) विवरण नदिएका हुँदा हाललाई सबै यस्ता उद्योग बन्द गर्ने निर्णय गर्नु परेको समितिले जनाएको छ ।

जिल्लाका सबै स्थानीय तहलाई आ–आफ्ना क्षेत्रमा रहेका क्रसर तथा बालुवा प्रशोधन केन्द्रको स्टक प्रमाणित गरी जिल्ला समन्वय समिति महोत्तरीमा पठाउन भनिए पनि कतैबाट त्यस्तो जानकारी हालसम्म प्राप्त नभएको जिल्ला समन्वय समितिका संयोजकसमेत रहेका अनुगमन समितिका संयोजक सुरेशप्रसाद सिंहले जानकारी दिए ।

यद्यपि क्रसर र बालुवा प्रशोधन नाउँ राखेर नदी र नदी उकास जग्गामा उधुम मच्चाउँदै आएका यस्ता उद्योग तत्काल बन्द गरिने सिंहको भनाइ छ । जिल्लामा १५ स्थानीय तह रहे पनि उत्तरी क्षेत्रका बर्दिवास, औरही, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा धेरैजसो यस्ता उद्योग सञ्चालित छन् । अब माग गरिएको विवरण प्राप्त भएपछि सोको अध्ययनबाट मात्र सबै प्रक्रिया पूरा गरेका उद्योगलाई पुनः सञ्चालनको अनुमति दिन सकिने संयोजक सिंहले स्पष्ट पारे ।

चुरे पहाडी शृङ्खला र नदी एवम् नदी उकास जग्गामा जथाभावी ठूलठूला यन्त्र लगाएर बालुवा, ढुङ्गाको अवैध उत्खनन बढेको गुनासो बाक्लिएसँगै गत वर्षदेखि नै जिल्ला समन्वय समिति र प्रदेशसभा–२ को प्राकृतिक स्रोत तथा वातावरण समितिले अनुगमन गर्दै आएका छन् । यद्यपि करिब ५० को सङ्ख्यामा सञ्चालित क्रसर र बालुवा प्रशोधन उद्योगले अनुगमनका क्रममा माग गरिएका कागजात नदिएरै उत्खनन कार्य जारी राखेका पाइएपछि अहिले त्यसमा कडाइ गरिन यस्ता उद्योग पूर्णरुपले बन्द गर्ने निर्णय बुधबार नै गरिएको संयोजक सिंहले बताए ।

उद्योगहरुको स्टक अवस्था बोर्डमा उल्लेख गरेर पारदर्शी गरिएपछि मात्र ठेक्का बन्दोबस्तको प्रक्रिया अघि बढ्नसक्ने समितिले जनाएको छ । सबै उद्योगको स्टक अवस्था सम्बन्धित स्थानीय तहले महिनामा दुईपटक प्रमाणित गरी जिल्ला समन्वय समितिमा पठाउने परिपाटी बसाल्ने कुरा सुनिश्चित नगरिएसम्म अब उद्योग सञ्चालनको सम्भावना नरहेको समितिले जनाएको छ ।

जिल्लाका क्रसर उद्योगले कानूनी प्रक्रिया मिचेर रातारात उत्खनन गर्ने गरेका छन् । यो अवस्था देखिएपछि सबै स्थानीय तहलाई निश्चित समय तोकेर उज्यालोमा मात्र उत्खनन गर्नसक्ने व्यवस्थाको स्पष्ट निर्देशन सबै स्थानीय तहलाई दिएको सिंहले बताए । जिल्लाका रातु, मरहा, भब्सी, जङ्घा, बडहरी, सोनी र टुटेश्वरसहितका नदी र नदीउकास जग्गामा क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालित छन् । यस्ता उद्योगले जथाभावी उत्खखन गर्दा बनेका खाल्डामा परेर बर्सेनि मानवीय क्षति पनि हुँदै आएको छ ।

अवैध उत्खनन गर्नेहरुले यसको विरोध गर्नेलाई टिप्परले किचेर मार्ने दृष्टान्त छिमेककै ढल्केवरमा दुई साताअघि देखेका जिल्लावासी अहिले आतङ्कित भएका छन् । गत पुस २५ गते बिहान अवैध उत्खनन भइरहेको ठाउँमा सो रोक्न पुगेका धनुषाको मिथिला नगरपालिका–५ का दिलीपकुमार महतोलाई टिप्परले किचेर हत्या गरिएको थियो । 

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

११ माघ २०७६, शनिबार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

११ माघ २०७६, शनिबार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

११ माघ २०७६, शनिबार
अन्तर्राष्ट्रिय

देउवा पक्षले भन्यो– निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो

११ माघ २०७६, शनिबार
Next Post
नेपाल तरुण दल धनुषाद्वारा दलित बस्तीमा कम्बल वितरण

नेपाल तरुण दल धनुषाद्वारा दलित बस्तीमा कम्बल वितरण

सोनमा गाउँपालिमा दुईदिने अभिमुखिकरण तालिम सम्पन्न

सोनमा गाउँपालिमा दुईदिने अभिमुखिकरण तालिम सम्पन्न


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh