• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कोरोनाबाट ७ जनाको मृत्यु, ६८१ संक्रमित थपिए


महोत्तरीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

३ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । ६८१ जनामा संक्रमणको पुष्टि भएको छ ।
पर्सामा दुई जनाको मृत्यु भएको छ भने काठमाडौं, भक्तपुर, मकवानपुर र सुनसरीमा एकएक जनाको मत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका भिश्वा बस्ने ५७ वर्षीयको उपचारका लागि नारायणी अस्पतालमा लगिएकोमा मंगलबार दिउँसो ३ः३० बजे मृत्यु भएको हो । जिन एक्स्पर्ट विधिमार्फत कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो ।
वीरगञ्ज–४ विर्ता बस्ने ८४ वर्षीय कोरोना संक्रमित पुरुषको गण्डक अस्पतालमा उपचारका क्रममा मंगलबार राति १०ः३० बजे मृत्यु भएको छ ।
सुनसरीमा ७१ वर्षीया महिलाको बुधबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । २३ साउनमा संक्रमण पुष्टि भएकी उनी २४ गते अस्पताल भर्ना भएकी थिइन् ।
भक्तपुर, सूर्यविनायककी ६१ वर्षीया महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलकी ६१ वर्षका पुरुषमा मृत्युपछि संक्रमण पुष्टि भएको छ । उनको मंगलबार राति मृत्यु भएको थियो ।
काठमाडौं महानगरपालिका असनका ९४ वर्षका वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । निमोनियाका बिरामी उनको भदौ १ गते मृत्यु भएको र २ गते स्वाब सं‌कलन गरी बुधबार रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको हो ।
वीरगञ्ज महानगरपालिका रेशमकोठीकी कोरोना संक्रमित ४० वर्षीया महिलाको वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो सवा ४ बजे मृत्यु भएको हो । उनमा भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससँगै कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या १२४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भने वीरगञ्जमा तीन जना र हेटौंडाका एक जनाको मत्यु समावेश गर्न बाँकी छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५२२ नमुना परीक्षण गर्दा ६८१ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा मात्र १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंमा १३४ जना, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जना छन् ।
यस्तै पर्साका १०८ जना, मोरङका ६९, रुपन्देहीका ५२, धनुषाका २८, सुनसरीका २६, चितवनका २४, सर्लाहीका १९, बाँकेका १८, सल्यानका १७, झापाका १६, बाराका १५, सप्तरी र सुर्खेतका १३/१३ जना, महोत्तरी र नवलपुरका १२/१२ जना र जुम्लाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै महोत्तरीका ८, कपिलवस्तुका ६, कास्कीका ५, रौतहट, तनहुँ, दैलेख र डोटीका ४ जना, गोरखा, लजमुङ, दाङ, अछाम र कैलालीका ३/३ जना, प्युठान र बर्दियाका २/२ जना तथा ओखलढुंगा, पाँचथर, धादिङ, नवलपरासी, पाल्पा र डोल्पाका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । उनीहरुमध्ये १७ हजार ७०० जना निको भइसकेका छन् । ११ हजार ११८ जना आइसोलेसनमा छन् ।अनलाइन खबर

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

३ भाद्र २०७७, बुधबार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

३ भाद्र २०७७, बुधबार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

३ भाद्र २०७७, बुधबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

३ भाद्र २०७७, बुधबार
Next Post
पत्रकार महासंघका केन्द्रीय र शाखा समितिको कार्यकाल ६ महिना थप

पत्रकार महासंघका केन्द्रीय र शाखा समितिको कार्यकाल ६ महिना थप

बुद्धको मूर्ति फेला पार्ने महोत्तरीका युवक भारतिय एसएसबीको नियन्त्रणम

बुद्धको मूर्ति फेला पार्ने महोत्तरीका युवक भारतिय एसएसबीको नियन्त्रणम


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh