• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

आधिकारिक उम्मेदवार विरुद्ध गतिविधि गरेपछि जसपा नेपालद्वारा महोत्तरीका दुई पालिका प्रमुखसहित १५ जना निष्कासित


आधिकारिक उम्मेदवार विरुद्ध गतिविधि गरेपछि जसपा नेपालद्वारा महोत्तरीका दुई पालिका प्रमुखसहित १५ जना निष्कासित

गोपाल झा , महोत्तरी, फल्गुन ११ गते

जनता समाजवादी पार्टी नेपाल – जसपा नेपाल ) ले प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध गतिविधि गरेको आरोपमा महोत्तरीका दुई पालिका प्रमुखसहित १५ जना नेता तथा कार्यकर्तालाई निष्कासन गरेको छ ।

पार्टी जिल्ला समिति महोत्तरीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार जलेश्वर नगरपालिका का नगरप्रमुख सुरेश साह सोनार र पिपरा गाउँपालिका का अध्यक्ष रामजानकी यादवसहित १५ जनालाई पार्टी विधान उल्लंघन गरेको ठहर गर्दै कारबाही गरिएको हो ।

विज्ञप्तिमा प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा न उभिई नकारात्मक गतिविधि गरेको, अनुशासनहीन व्यवहार देखाएको तथा पार्टी हितविपरीत क्रियाकलापमा संलग्न रहेको उल्लेख गरिएको छ । सोही आधारमा पार्टी विधानअनुसार उनीहरूलाई निष्कासन गरिएको र निर्णय तत्काल लागू हुने जनाइएको छ ।

निष्कासित हुनेहरूमा कुशेश्वर सिंह, कुमरकान्ता, शेष जाली, सविता कुमारी देवी, रामनन्दन यादव, मोजिम राइन, सुरेश साह सोनार, सन्तोष साह, रामजानकी यादव, रामप्रकाश यादव, शम्भु यादव, राहुल पाण्डेय, श्याम यादव र हरि नारायण मण्डल रहेका छन्।

पार्टीले आधिकारिक उम्मेदवारको पक्षमा मतदान गर्न सम्पूर्ण नेता, कार्यकर्ता तथा समर्थकलाई एकताबद्ध भएर लाग्न आह्वान गरेको छ । उम्मेदवारविरुद्ध गतिविधि नगर्न ती नेताहरूलाई पहिलो पटक माघ १९ गते र अन्तिम पटक फागुन ८ गते सचेत गराइएको भए पनि सुधार नदेखिएपछि कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यससँगै श्याम यादव र हरि नारायण मण्डललाई पार्टी केन्द्रीय समितिबाट तथा पिपरा गाउँपालिकाकी उपाध्यक्ष वन्दना पाण्डेयलाई प्रदेश समितिबाट निष्कासनका लागि सिफारिस गरिएको जानकारी पनि दिइएको छ । जिल्ला अध्यक्ष रामबाबु साह र रामनरेश रायद्वारा जारी विज्ञप्तिमा पार्टीको अनुशासन, विधान र संगठनात्मक एकताको रक्षा गर्नु सबैको कर्तव्य भएको उल्लेख गरिएको छ ।

यसअघि पनि माघ १४ गते जसपा नेपालले प्रतिनिधि सभा निर्वाचनमा पार्टीको नीति तथा निर्णयविपरीत उम्मेदवारी दिएको आरोपमा पूर्वमन्त्रीसहित आठ जनालाई कारबाही गरेको थियो। पार्टीले संगठन सुदृढीकरण र अनुशासन कायम राख्न कडा कदम चालिरहेको जनाएको छ ।

निर्वाचन नजिकिँदै गर्दा महोत्तरीमा जसपा नेपालको यो निर्णयले स्थानीय राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

रास्वपा उम्मेदवार उज्वल झाको जनसम्पर्क तथा सार्वजनिक भेटघाट , विकास र समृद्धिका एजेन्डामा सार्थक संवाद
अन्तर्राष्ट्रिय

रास्वपा उम्मेदवार उज्वल झाको जनसम्पर्क तथा सार्वजनिक भेटघाट , विकास र समृद्धिका एजेन्डामा सार्थक संवाद

११ फाल्गुन २०८२, सोमबार
महाेत्तरी क्षेत्र नं २र४ मा जसपा नेपालको अग्रता, समस्यामा कांग्रेस, ३ मा कडा प्रतिस्पर्धा
अन्तर्राष्ट्रिय

महाेत्तरी क्षेत्र नं २र४ मा जसपा नेपालको अग्रता, समस्यामा कांग्रेस, ३ मा कडा प्रतिस्पर्धा

११ फाल्गुन २०८२, सोमबार
अन्तर्राष्ट्रिय

दुई पालिका प्रमुखसहित १४ जनालाई कारबाही

११ फाल्गुन २०८२, सोमबार
अन्तर्राष्ट्रिय

दुर्गा प्रसाईंको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

११ फाल्गुन २०८२, सोमबार
Next Post
रास्वपा उम्मेदवार उज्वल झाको जनसम्पर्क तथा सार्वजनिक भेटघाट , विकास र समृद्धिका एजेन्डामा सार्थक संवाद

रास्वपा उम्मेदवार उज्वल झाको जनसम्पर्क तथा सार्वजनिक भेटघाट , विकास र समृद्धिका एजेन्डामा सार्थक संवाद


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh