• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

अफगानिस्तानमा पाकिस्तानको आक्रमण, कम्तिमा २० जनाको मृत्यु


११ फागुन, काठमाडौं । पाकिस्तानले अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा ‘सात आतंकवादी अड्डा र शिविर’माथि हवाई आक्रमण गरेपछि दुई देश बीचको सम्बन्ध तनावपूर्ण बनेको छ ।

अफगानिस्तानका पूर्वी प्रान्त नान्घार र दक्षिणपूर्वी प्रान्त पक्तिकामा भएका हमलामा दर्जनौं नागरिक मारिएका छन् । नान्घारमा एक घरमाथि भएको आक्रमणमा २० जनाको मृत्यु भएको छ । पक्तिका प्रान्तमा एक मदरसामाथि लक्षित गरी आक्रमण भएको जनाइएको छ ।

पाकिस्तानी सूचना तथा प्रसारण मन्त्रालयले भने गोप्य सूचनाका आधारमा सीमा क्षेत्रमा ‘आतंकवादी बसेको स्थान’लाई लक्षित गर्दै कारबाही गरिएको दाबी गरेको छ ।

पाकिस्तानले तेहरिक-आई-तालिबान पाकिस्तान (टीटीपी) तथा उसका सहयोगी समूह र इस्लामिक स्टेट खोरसान प्रोभिन्स (आईएसकेपी) सँग सम्बद्ध समूह रहेको स्थानमा आक्रमण गरेको जनाएको हो । पाकिस्तानका अनुसार हालै आफ्नो देशमा भएका आत्मघाती आक्रमणहरूमा ती समूहको संलग्नता देखिएपछि जवाफस्वरूप यो कारबाही गरिएको हो ।

यस्ता ‘आतंकवादी’समूहविरुद्ध कडा कदम चाल्न पटक–पटक आग्रह गर्दा पनि अफगान तालिबान सरकारले प्रभावकारी कारबाही नगरेको आरोप पाकिस्तानले लगाएको छ ।

उचित समयमा जवाफ दिने अफगानिस्तानको चेतावनी

अफगानिस्तानको सत्तारुढ तालिबान सरकारले भने पाकिस्तानी हमलामा महिला र बालबालिकासहित सर्वसाधारण नागरिकको ज्यान गएको भन्दै उचित समयमा जवाफ दिने चेतावनी दिएको छ ।

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले अफगान सीमाको उल्लंघन गरेको आरोप लगाउँदै यसलाई निर्दोष नागरिकमाथिको बमबारी भन्दै निन्दा गरेका छन् ।

रक्षा मन्त्रालयका प्रवक्ता अन्यातुल्लाह ख्वारिज्मीले पनि विज्ञप्ति जारी गर्दै यस कारबाहीलाई अफगानिस्तानको राष्ट्रिय सार्वभौमिकता माथिको गम्भीर आक्रमण भनेका छन् । र, उनले ‘उचित समयमा योजनाबद्ध जवाफ’ दिइने चेतावनी दिएका छन् ।

यसैबीच पाकिस्तानी कारबाहीपछि तालिबान सरकारले काबुलस्थित पाकिस्तानी राजदूतलाई बोलाएर औपचारिक विरोधपत्र बुझाएको जनाएको छ ।

विदेश मन्त्रालयले अफगान भूमिको रक्षा गर्नु आफ्नो दायित्व भएको उल्लेख गर्दै यस्ता आक्रमणको नकारात्मक परिणामको जिम्मेवारी पाकिस्तानले लिनुपर्ने चेतावनी दिएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

रास्वपा उम्मेदवार उज्वल झाको जनसम्पर्क तथा सार्वजनिक भेटघाट , विकास र समृद्धिका एजेन्डामा सार्थक संवाद
अन्तर्राष्ट्रिय

रास्वपा उम्मेदवार उज्वल झाको जनसम्पर्क तथा सार्वजनिक भेटघाट , विकास र समृद्धिका एजेन्डामा सार्थक संवाद

११ फाल्गुन २०८२, सोमबार
आधिकारिक उम्मेदवार विरुद्ध गतिविधि गरेपछि जसपा नेपालद्वारा महोत्तरीका दुई पालिका प्रमुखसहित १५ जना निष्कासित
अन्तर्राष्ट्रिय

आधिकारिक उम्मेदवार विरुद्ध गतिविधि गरेपछि जसपा नेपालद्वारा महोत्तरीका दुई पालिका प्रमुखसहित १५ जना निष्कासित

११ फाल्गुन २०८२, सोमबार
महाेत्तरी क्षेत्र नं २र४ मा जसपा नेपालको अग्रता, समस्यामा कांग्रेस, ३ मा कडा प्रतिस्पर्धा
अन्तर्राष्ट्रिय

महाेत्तरी क्षेत्र नं २र४ मा जसपा नेपालको अग्रता, समस्यामा कांग्रेस, ३ मा कडा प्रतिस्पर्धा

११ फाल्गुन २०८२, सोमबार
अन्तर्राष्ट्रिय

दुई पालिका प्रमुखसहित १४ जनालाई कारबाही

११ फाल्गुन २०८२, सोमबार
Next Post

पर्सामा धार्मिक सद्भाव खलल पुर्‍याउनेलाई कारबाही गर्ने निर्णय

दुर्गा प्रसाईंको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh