• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

नेपाल लाईफ र एलअाइसी (नेपाल)काे प्रथम बिमा शुल्क नै नकलि शेयर बजारमा चलखेल बिमा समिति बेखबर


नेपालका स्थापित जीवन बीमा कम्पनीहरुले समेत आफ्नो पूरानो साख बचाउने नाममा कति सम्म बदमासी गर्दछ भन्ने कुराको पुष्टी नेपालको नम्बर १ बीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्सको नक्कली प्रथम बीमा शुल्क र दोस्रो ठूलो बीमा कम्पनी एलआईसी नेपालको नक्कली प्रथम बीमा शुल्कबाटै प्रस्ट भएको छ ।
यी दुई बीमा कम्पनीहरुले असार मसान्तमा बीमा समितिमा पठाएको वित्तिय विवरण डरलाग्दो र नेपालको अर्थतन्त्रलाई नै तहसनहस पार्ने औजार प्रयोग गरेको भेटिएको छ ।
नेपालका बीमा कम्पनीहरुमा ग्राहकले बीमालेख खरिद गर्दा त्यसको प्रिमियम १ महिना ३ महिना, ६ महिना वा १ वर्षमा तिर्ने गरि खरिद गरेका हुन्छन । यसबाट जीवन बीमा कम्पनीहरुको वित्तिय विवरणमा देखाउने तरिका फरक÷फरक हुन्छ ।
यही कुरामा टेकेर नेपालको नम्बर १ बीमा कम्पनी बताउँदै आएको जीवन बीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्स र अर्को आफूलाई दोस्रो ठूलो जीवन बीमा कम्पनी बताउने एलआईसी नेपालले गत वर्ष २०७५÷०७६ को (रिनवल) रिनो गरिएको बीमा लेखको प्रथम बीमा शुल्क २०७६÷०७७ को वित्तिय विवरणमा राखी प्रथम बीमा शुल्क बढि देखिएको भेटिएको छ ।
जबकी यो गर्न पाइदैन तर, आफूलाई नम्बर १ देखाउन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ५८ करोडौ २०७५÷०७६ को रिनोबल बीमा शुल्क २०७६÷०७७ मा राखी १० अर्ब १६ करोड प्रथम बीमा शुल्क आर्जन गरेको नक्कली वित्तिय विवरण बीमा समितिमा पठाए पछि उक्त काण्ड भण्डाफोर भएको हो ।
नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले गत वर्ष २०७५÷०७६ मा ८ अर्ब५८ करोड प्रथम बीमा शुल्क मात्रै उठाएको थियो तर यसपटक कोरोना भाइरसको महामारी बीच २०७६÷०७७ मा १० अर्ब १६ करोड उठाएको वित्तिय विवरण देखाएको छ । तर, नियमनकारी निकाय बेखबर झै बसेको देखिन्छ ।
१ अर्ब ५८ करोड २०७५÷०७६ मा बीमा गरिएको रिनोबललाई २०७६÷०७७ मा समावेश गरिर प्रथम बीमा शुल्क देखाउँदै व्यापार बृद्धि भएको भ्रम फैलाएको देखिन्छ । यसबाट खाइनखाई नेपाल लाईफ इन्स्योरेन्सको शेयर किनेका लाखौ शेयरधनीहरु मारमा पर्ने निश्चित छ ।
नेपालको अर्थतन्त्रलाई नै चलायमान गर्दै आएको शेयर बजार नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको नक्कली वित्तिय विवरणका कारण विहिबार २२ अंकले बढेको थियो । तर, नियमनकारी निकाय किन चुप छ । तत्कालै टोली पठाएर नेपाल लाईफ इन्स्योरेन्सको वित्तिय विवरण छानवीन होस् । जनता दिन दहाडै ठग्न पाइदैन । बीमा समितिका अध्यक्ष चिरनजीवी नेपालज्यू ।
नेपाल लाईफ इन्स्योरेन्सको गलत तथ्याङ्गका कारण शेयर बजारमा ठूलो चलखेल भएको कारण नेपाल धितोपत्र बोर्डले समेत तत्कालै छानबीन गर्नुपर्ने दबाब बढेको छ । शेयर बजारमा चलखेल गर्न नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आफना मार्केटिङ्ग र एजेन्सी मनेजरहरुलाई १० अर्ब ५८ करोड प्रथम बीमा शुल्क उठाएको भ्रम फैलाउन र आफू नेपालको १ नम्बर बीमा कम्पनी भएको देखाउन निर्देशन नै गरेको एक उच्च कर्मचारीले पंक्तिकारसंग बताए
यस्तै नेपाल लाईफ इस्योरेन्सको सिको गर्दै लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले पनि गत वर्ष २०७५÷०७६ को रिनोबल बीमा शुल्क करिब १ अर्ब हाराहारीको रकम २०७६÷०७७ को प्रथम बीमा शुल्कमा जोडी ४ अर्ब ५७ करोड प्रथम बीमा शुल्क उठाएको नक्कली वित्तिय विवरण बीमा समितिमा पठाएको खुलेको छ । यसै कारण गत विहिबार एलआईसी नेपालको शेयर ५४ अंकले बढेको देखिन्छ ।
आफूलाई नम्बर १ र २ बीमा कम्पनी बताउने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको वित्तिय विवरण तत्कालै छानवीन हुनुपर्ने आवज उठेको छ । बीमा समितिबा अध्यक्ष चिरनजीवी नेपाल ज्यू ? हेक्का होस् ।
नयाँ जीवन बीमा कम्पनीहरु बजारमा आक्रमक भएर आएपछि पूरानो बीमा कम्पनीहरुले गतवर्षको बीमा शुल्कलाई प्रथम बीमा शुल्कमा हिसाब राखी आफ्नो पूराना साख बचाउने जुन काम भएको छ । यो सरासर गलत हो । यसको छानवीन तत्कालै हुनु जरुरी छ । गत विहिवार जीवन बीमा कम्पनीहरुको वित्तिय विवरण आएपछि जीवन बीमा कम्पनीहरुको शेयर अचम्मले बढेको देखिएको छ । सचेत भया ।
भूपेन्द्र अचार्य

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

१० श्रावण २०७७, शनिबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

१० श्रावण २०७७, शनिबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

१० श्रावण २०७७, शनिबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

१० श्रावण २०७७, शनिबार
Next Post

नेपाल भारत सीमा क्षेत्रमा झडप हुदा प्रहरी जवान घाइते

प्रदेश २मा काेराेना भाइरसकाे कहर जनकपुरमा मेला हेर्नेकाे लहर


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh