• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

भारतले निर्माण गरेका बाँध तथा विभिन्न संरचनाका कारण नेपाली भूमि डुबानमा



ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपालको सीमावर्ती क्षेत्रमा भारतले निर्माण गरेका बाँध तथा विभिन्न संरचनाका कारण नेपाली भूमि डुबानमा परेको निष्कर्ष निकाल्दै त्यस विषयमा भारतसँग वार्ताको पहल थालेको छ ।
मन्त्रालय र सिँचाइ विभाग तथा परराष्ट्र मन्त्रालयबीच वार्ताका लागि चिठी पठाउन आवश्यक गृहकार्य भइरहेको सिँचाइ विभाग, जलउत्पन्न प्रकोप नियन्त्रण महाशाखा प्रमुख प्रदीप थापाले जानकारी दिए । ‘वार्ताका लागि भारतलाई चाँडै चिठी पठाउने तयारी छ,’ उनले भने ।
नेपाल र भारतबीच बाढी तथा डुबान र यससँग जोडिएका समस्याबारे परराष्ट्र मन्त्रालयमार्फत निरन्तर कूटनीतिक नोट्स आदान–प्रदान भने भइरहेको उनले जानकारी दिए । यता शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्रालयका उच्च अधिकारीलाई राखेर तत्काल बैठक डाकी भारतीय पक्षसँग वार्ता थाल्न निर्देशन दिएका थिए । त्यसैले वार्ताको तयारी थालिएको छ ।
मन्त्री पुनले सीमा क्षेत्रमा बाढी तथा डुबान समस्या समाधानका लागि ‘बाढी तथा डुबान व्यवस्थापनसम्बन्धी नेपाल–भारत संयुक्त समिति (जेसिआइएफएम)को बैठक तत्काल डाक्न निर्देशन दिएका थिए ।
नियमित कार्यतालिकाअनुसार जेसिआइएफएमको बैठक हरेक वर्ष नोभेम्बरमा बस्ने गर्छ । ‘वार्ताका लागि भारतीय पक्षलाई तत्कालै खबर गर्छौँ,’ सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले भने ।
दुवै देशका सहसचिव रहने उक्त समितिको नेतृत्व नेपालका तर्फबाट सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले गर्नेछन् । भारतले नेपालको सीमानजिक नदीको प्राकृतिक वहाव रोक्ने गरी बाँध बनाइसकेका स्थानमा ती हटाउनुपर्ने र नयाँ संरचना बन्न नदिने नेपाली पक्षको एजेन्डा हुनेछ ।
नेपाल र भारतका सीमा क्षेत्रमा रहेका सम्पर्क कार्यालयबीच भने अनौपचारिक छलफल भइरहेको जलउत्पन्न प्रकोप नियन्त्रण महाशाखाले जानकारी दिएको छ । कुनै समस्या आउँदा आफ्ना सरकारी संयन्त्रलाई खबर गर्ने काम पनि भइरहेको महाशाखा प्रमुख थापाले जानकारी दिए ।
सभार नाँया पत्रिका

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने

५ श्रावण २०७७, सोमबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण

५ श्रावण २०७७, सोमबार
जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा
अन्तर्राष्ट्रिय

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा

५ श्रावण २०७७, सोमबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै

५ श्रावण २०७७, सोमबार
Next Post

महाेतरीका तीन वटा पालिका जाेखिममा

साेनमा गाउँपालिकाले गुमाए फेरि अर्काे गा वि स अध्यक्ष


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh