• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रहरीले महोत्तरीमा अवैध मदिरा भट्टी गरे नष्ट



प्रतीक्षा खबर
रामगाेपालपुर
कोरोना भाइरसको सन्त्रास छल्न जारी गरिकएको लकडाउनकै बीच प्रहरीले महोत्तरीमा अवैध मदिरा भट्टी नष्ट गर्ने अभियान चलाएको छ।
लकडाउनको बेलामा पनि भट्टीमा जमघट बढ्दै जाँदा प्रहरीले सोमबार साँझ भङ्गाहा–७ मेघनाथगोरहन्नामा १७ हजार लिटर अवैध मदिरा र चारवटा भट्टी नष्ट गरेको हो।
महोत्तरीको सीतापुर, औरही र जमुनियाँ प्रहरी चौकीको संयुक्त गस्ती टोलीले रामएकवाल चौधरी, नवीन चौधरी, कमल चौधरी र रामपुकार चौधरीले सञ्चालन गरेका भट्टी नष्ट गरेको हो।
चारवटा भट्टीबाट १४ हजार लिटर रक्सी बनाइने कच्चा पदार्थ, तीन हजार लिटर तयारी मदिरा र मदिरा बनाउन प्रयोग गरिने भाँडा बरामद गरी नष्ट गरिएको प्रहरी टोलीको नेतृत्व गर्ने सीतापुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक झलक घिमिरेले जानकारी दिए।
भङ्गाहासँगै जोडिएको धनुषाको क्षिरेश्वर नगरपालिकाको रम्दैया बस्तीमा गत फागुनमा यस्तै मदिरा खाएर १५ जनाको मृत्यु भएको थियो। त्यो मदिरा पनि भङ्गाहा–३ सकरीको भट्टीबाट गएको खुलेको छ।
प्रहरीले तत्कालै उक्त भट्टी नष्ट गरी भट्टी सञ्चालक जगत मण्डललाई पक्राउ गरी अदालती कारवाही शुरु गरिसकेको छ।
जिल्लाका भित्री ग्रामीण बस्तीमा सञ्चालित भट्टीमा अखाद्य वस्तु (युरिया रसायनिक मल, झुत्रा प्लाष्टिक, पुराना जुत्ताचप्पल) प्रयोग गरेर मदिरा बनाउने गरेका पाइएको छ।
गत चैतमा जिल्लाकै औरही नगरपालिकाको जङ्घा नदी किनारको वनक्षेत्रभित्र सञ्चालित भट्टी पत्ता लगाएर प्रहरीले त्यहाँ यस्ता अखाद्य वस्तु मदिरा बनाउँदा प्रयोग गरेकै बेला बरामद गरेको थियो।
ग्रामीण बस्तीमा बनाइने यस्तो मदिरा धेरैजसो गरिब वर्गका सर्वसाधारणले खाने गरेका छन्।
यस्तो मदिराको सेवनले जनधनको क्षति र जनस्वास्थ्यमा हुने प्रतिकूल असर रोक्न भट्टी नष्ट गर्ने अभियान नै सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। सभार नेपाल खबर

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने

९ बैशाख २०७७, मंगलवार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण

९ बैशाख २०७७, मंगलवार
जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा
अन्तर्राष्ट्रिय

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा

९ बैशाख २०७७, मंगलवार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै

९ बैशाख २०७७, मंगलवार
Next Post

कुहिएकाे दाल राहत बाँडेकाे अाराेपमा वडा अध्यक्षसहित पक्राउ

८जनामा फेरि काेराेना संक्रमन देखियाे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh