• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कोभिड १९ को संक्रमित र मृत्त शरीर व्यवस्थापन बारे नेपाली सेनाद्धारा प्रदर्शन, मुख्यमन्त्री राउतद्धारा अवलोकन



विनोद महतो

महेन्द्रनगर, बैशाख ७ ।
कोरोना भाइरस (कोभिड १९) को महामारी तथा बढ्दो संक्रमित संख्यालाई मध्यनजर गर्दै आइतबार नेपाली सेनाको मध्य पूर्वी पृतनाद्धारा धनुषाको महेन्द्रनगरमा कोरोना संक्रमित र मृत्त शरीर व्यवस्थापन सम्बन्धी कार्यको प्रदर्शन गरिएको छ । कोरोना भाइरसको बढ्दो प्रकोप तथा संक्रमितलाई लिएर हुन सक्ने मृत्यु र मृत्तकको संख्यामा वृद्धि भई आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाली सेनाले कोरोना संक्रमित व्यक्तिको पहिचानदेखि लिएर मृत्त शरीर व्यवस्थापन सम्बन्धी गर्ने गर्न सक्ने कार्यबारे प्रदर्शनी गरेको छ ।


प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतको प्रमुख आतिथ्यमा भएको सो प्रदर्शनी कार्यक्रममा नेपाली सेनाले कोरोना संक्रमित व्यक्तिको पहिचान देखि लिएर अस्पताल पु¥याउने र मृत्यु भएपछिको अवस्थामा शव व्यवस्थापन सम्मको तैयारी बारे प्रदर्शनी गरेको थियो । उक्त प्रदर्शनीमा व्यवस्थापनमा खटिने सुरक्षा कर्मीले प्रयोग गर्ने पिपिई देखी शव व्यवस्थापनमा अपनाइने अन्य उपायहरु बारे समेत जानकारी गराएको थियो ।


प्रदर्शनको क्रममा कोरोना संक्रमित व्यक्तिको पहिचान गरी कोरोना अस्पतालसम्म कसरी पुग्याउने, कोरोना संक्रमित मृत्तकको शरीरलाई उठाउनु पूर्व अपनाउनुपर्ने सरसफाइ तथा सावधानीका उपायहरु लगायत शवको वरिपरि सेनिटाइज गर्ने, उठाएर एक ठाउँबाट अर्को ठाउँमा लग्ने, मृत्तकका आफन्तलाई कसरी मृत्तकको अनुहार हेर्न दिईने, कसरी दाहसंस्कार गर्ने र विरामी बोक्ने उम्बुलेन्स तथा शव बोक्ने सवारीसाधानलाई कसरी डिस इन्फेक्टेट गर्ने बारे नेपाली सेनाले प्रदर्शन गरी देखाएको छ ।


मध्य पूर्व पृतनाले महेन्द्रनगर स्थित गणमा गरेको सो प्रदर्शनीको अवलोकन गर्दै मुख्यमन्त्री राउतले नेपाली सेनाको तयारी बारे आवश्यक जानकारी प्राप्त भएको र यसले अन्य सुरक्षा निकाय र स्वयंसेवी संस्थालाई समेत लाभ पु¥याउने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री राउतले कोभिड १९ को महामारीको समयमा नियन्त्रणका लागि नेपाली सेनाले गर्ने कार्यहरु प्रदर्शनबाट प्रष्टै देखाएको बताउनुभयो । उहाँले प्रदर्शन हेरिसकेपछि कोरोना महामारीको समयमा सुरक्षा निकायबीच गर्ने कार्य, कार्वाहीमा कसरी एकरुपता ल्याउने र सहयोग पुग्याउने तथा कोभिड १९ को वास्तविक परिस्थितिमा गर्ने कार्य बारे जनचेतना जगाएको र नेपाली सेनाले सफल प्रदर्शन गरेको समेत बताउनु भयो । विपद्को सयममा नेपाली सेनाले गर्दै आएको उद्धार, सहयोग र सुरक्षाको सवालमा उल्लेखनीय कार्य गरेको र कोरोनाको महामारीसँग पनि जुध्न नेपाली सेनाले गरेको प्रर्दशनले संकटसँग लड्न तयार रहेको उहाँले विश्वास व्यक्त गर्नुभयो । यस अभ्यासबाट आफुले महामारीको समयमा आइपर्ने जोखिम र गर्ने कार्यहरुबारे धेरैको कुराको जानकारी पाएको उहाँको भनाइ थियो ।
अभ्यासको क्रममा प्रदेश २ का तीनै तहकै सुरक्षा निकायका प्रमुख, धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला, प्रादेशिक अस्पताल जनकपुरधामका प्रमुख मेडिकल सुपरिटेण्डन डा. नागेन्द्र यादव, डा. कुलदिप पण्डित, डा. जामुन प्रसाद सिंह लगायत कोरोनामा खट्ने चिकित्सक, पत्रकार लगायतको उपस्तिथि रहेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

७ बैशाख २०७७, आईतवार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

७ बैशाख २०७७, आईतवार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

७ बैशाख २०७७, आईतवार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

७ बैशाख २०७७, आईतवार
Next Post

काेराेना भाइरसकाे कारण अमेरिकामा मृत्यू हुनेकाे संख्या ४१हजार नाघयाे

काेराेना भाइरस संक्रमितकाे संख्या २४लाख नाघ्याे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh