• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मिथिलाञ्चल सहित मधेशकाे चाैरचन पर्व सम्पन्न


मिथिलाञ्चल सहित मधेशकाे चाैरचन पर्व सम्पन्न

प्रतिक्षाखबर
रामगाेपालपुर, भदौ २५ गते ।
मिथिलाञ्चल सहित तराई मधेशमा आज चौठचन्द्र ( चौरचन) पर्व मनाइएको छ।
प्रत्येक वर्ष भदौ महिनाको शूक्लपक्ष चतुर्थी तिथिका दिन तराई मधेशमा बस्ने हिन्दुधर्मावलम्बीहरुले यो पर्व चन्द्रमालाई पूजा गरी मनाउने गर्दछन् ।
आज साँझ खीर, पुरी, खाजा, फलफूल लगायतको पूजा समाग्री चद्रमालाई अर्पण दिई चौठचन्द्र पर्व मनाइएको छ ।
पर्वको पूर्व सन्ध्यामा बिहीबार घर नजिकको पवित्र पोखरी नदि, तलाउ एवं सरोवरहरुमा स्नान गरि खाना खाएका ब्रतालुहरु आज शुक्रबार दिनभर उपबास बसि साँझ पख विविध प्रकारको मिठाई ,फलफूल तथा पूजा समाग्री चद्रमालाई अर्पण दिएका हुन् ।
घर परिवारको सुख शान्ति एवं समृद्धि तथा, सन्ता सुख, विभिन्न प्रकारका रोग,दुःख कष्टबाट मुक्ति पाइने पौराणिक जनविश्वास सहित यो पर्व निष्ठापूर्वक मनाउने गरिन्छ ।
चन्द्रमाको पूजाआजा गरि मनाईने हुनाले यसलाई चौठचन्द्र वा चौरचन भन्ने गरिन्छ
यो पर्व आँगनमा मनाउने हुनाले विहानै आँगन तथा घरलाई सरसफाई र लिपपोत गरि पवित्र बनाउने गरिन्छ ।
त्यपछि साँझ पख चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यता अनुरुप पर्व मनाउने परिवारजनले हातमा एक दिन अगावै माटोको भाडो (मटकुरी)मा जमाएको दही , पुरी , खीर , खाजा मिठाई, केरा, स्याउ, अम्बा, अनार, काँक्रा, गाजर जस्ता विविध प्रकारको फलफूल तथा पूजा समाग्रीहरु लिएर भगवान चन्द्रदेवको दर्शन गर्ने परम्परा रहि आएको छ ।
चन्द्रदेवलाई अर्पण दिए पश्चात घरका सदस्यहरु मिलेर पर्वमा चढाएको प्रसाद ग्रहण गर्ने गर्दछन् ।
यो पर्व नगर्ने घरपरिवारका सदस्यहरुलाई पर्व गर्ने आफन्त शुभचिन्तकहरुले निम्ता गरि प्रसाद खुवाउने, घरमा पठाउने तथा वितरण गर्ने प्रचलन छ । यो पर्वमा प्रायः महिलाहरु ब्रत बस्ने गर्दछन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

२५ भाद्र २०७८, शुक्रबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

२५ भाद्र २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

२५ भाद्र २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

२५ भाद्र २०७८, शुक्रबार
Next Post
कांग्रेस उपसभापति विमलेन्द्र निधिकाे श्रीमती महाधिवेशन प्रतिनिधिमा नउठ्ने

कांग्रेस उपसभापति विमलेन्द्र निधिकाे श्रीमती महाधिवेशन प्रतिनिधिमा नउठ्ने

लोसपा रोजेका प्रदेश २ का १६ प्रदेश सांसदले पाए आयोगको मान्यता

लोसपा रोजेका प्रदेश २ का १६ प्रदेश सांसदले पाए आयोगको मान्यता


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh