महाेतरी क्षेत्र नम्बर ४काे विभिन्न स्थानमा विभिन्न याेजनाकाे शिलान्यास गरेका छन । प्रदेस २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा र महाेतरी क्षेत्र नम्बर ४काे सांसद डा सुरेन्द्र कुमार यादवद्वारा सामुहिकरुपमा समुदायिक भवन र बाउन्ड्रीवाल(पर्खाल) निर्माण गर्नका लागि शिलान्यास गरेका छन ।मन्त्री कुशवाहाको निर्वाचन क्षेत्र विकास कोषबाट क्षेत्रको विभिन्न स्थानमा दुई समुदायिक भवन र एक बाउन्ड्रीवाल(पर्खाल)निर्माणका लागि शिलान्यास गरेका हुन । सम्सी गाउपलिक वडा ५ पोखरभिन्डामा रहेका रामजानकी कुट्टीका स्थानमा रहेका जग्गामा ३० लाखको लागतमा एक सामुदायीक भवनको शिलान्यास गरेका छन भन्ने सम्सी गाउपलिक वडा ४ गाढामा १५ लाखको लागतमा एक सामुदायीक भवन समेत मन्त्री कुशवाहा र सांसद यादवले शिलान्यास गरेका छन । यसैगरी सम्सी गाउपलिक वडा ३ लक्ष्मीनियामा रामजानकी कुट्टीको जगामा बाउनड्रीवाल (पर्खाल) निर्माण लाग्यतका कामका लागि शिलान्यास समेत गरेका छन ।उक्त कार्यक्रममा जसपा पार्टीका क्षेत्रीय संयोजन (ख)रामसागर मण्डल,जसपा पार्टीका क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष गगनदेव प्रसाद यादव,सम्सी गाउपलिकाका नगर संयोजक कैलास यादव,संघीय परिषद सदस्य दिपक झा गुडु ,वडा अध्यक्ष पन्नुलाल यादव लगायत क्षेत्रिय अध्यक्ष र नेता तथा स्थानियहरु समेतको उपस्थिति रहेका थिए ।साथौ प्रदेश २ का कानुन राज्य मन्त्रि कुशवाहा र पूर्व स्वास्थ्य राज्य मन्त्री डाक्टर यादवद्वारा पत्रकारलाई सम्मान समेत गरेका छन ।शिलान्यास गरिएको योजनाको निर्माण असार मशान्त भित्र सम्पन्न गर्नु पर्ने मन्त्री कुशवाहाले जनाएका छन । निर्वाचन क्षेत्रमा बिकास कार्यलाई अगाडि बढाउन बजेट ल्याएको मन्त्री कुशवाहाले बताए। स्थानिय जनताको मांग बमोजिम निर्माणकार्यमा आफ़ु अगाडी बढाईएको उनले बताए ।









































































































