Advertisement
ताजा खबर
रसुवा बाढीमा १३३ भन्दा बढी जलविद्युत् कर्मचारी र कामदार सम्पर्कविहीन हालसम्म ९५ जनाको शव भेटियो बालेनलाई मोदीको फोन, भने- सम्भव भएका सबै सहायताका लागि भारत तयार छ लुम्बिनीका तीन सांसदसँग जसपा नेपालले माग्यो २४ घण्टे पुनः स्पष्टीकरण मधेसवादी दललाई सरकार बाहिर राख्न कांग्रेस, एमाले र नेकपा एकमत सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण ड्युटीमा खटिएको प्रहरीलाई कुटपिट गर्ने युवकविरुद्ध ५ दिन म्याद थप दूधको मूल्य नपाएर सडक आन्दोलनमा उत्रिन बाध्य किसानहरूको पक्षमा सर्वोच्चकाे ऐतिहासिक फैसला साेनमा गाउँपालिकाबाट अशाेक कुमार यादव बने ‘स्टार वडाध्यक्ष’  रवि लामिछानेको चीन भ्रमण स्थगित

महोतरीमा विशु अभियानको शुरुवात

प्रतिक्षा खबर
२०७६ माघ ११, शनिबार २०:२०

महोतरी : महोतरीमा समाजवादी पार्टीले संगठन विस्तार तथा सुदृढीकरण अभियान विशु अभियान शुरु भएको छ । आज शनिवार महोतरीको रामगोपालपुर नगरपालीमा रहेको समुदायिक भवनमा आयोजना गरिएको कार्यक्रमबाट महोतरी जिल्लामा विशु अभियानको शुरुवात गरिएको छ ।

यता आएर नायाँ शक्ति र संघीय समाजवादी पार्टी एकीकरण भएपछि प्राप्त वैचारिक उर्जालाई संगठनात्मक शक्तिमा रुपान्तरण गर्ने उद्देश्यसहित अभियान सुरु गरिएको महोतरी क्षेत्र नम्बर ४ क को प्रदेश सांसद एवम विशु अभियनता कौशल कुमार यादवले जानकारी दिएका छन । वितेको बैशाखमा पार्टी एकिकरण भएपछि संगठन विस्तारका लागि विशु अभियान सुरु गरिएको यो पहिलो अभियान हो ।

महोतरी जिल्लामा रहेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाको वडा र टोल–टोलसम्म संगठन निर्माण र पार्टीको विचार जनताबीचमा लैजाने उद्देश्य अभियानको रहेको महोतरी क्षेत्र नम्बर ४ को सांसद एव निवर्तमान संघीय सरकारको स्वास्थ्य तथा जनसख्या राज्य मन्त्री डा सुरेन्द्र कुमार यादवले जनाएका छन ।

विशु अभियानको उद्घाटनमा अभिमुखीकरणका विषयवस्तु, वर्तमान राजनीतिक परिस्थिति, पार्टीको सैद्धान्तिक अवधारणा, पार्टीको संगठनात्मक सिद्धान्त र कार्यपद्धति तथा अभियानको महत्वलगायत विषयमा समाजवादी पार्टीका केन्द्रिय सदय राजकिशोर यादवले जनकारी गएका थिए । समाजवादी पार्टीले शुरुवात गरेको विशु अभियान तीन महिनासम्म चल्ने अभियानमा ७७ वटै जिल्लामा संचालमा रहेको र सोही नितिअनुरुप महोतरीको प्रत्येक गाउँ टोल टोलमा यो अभियानको शुरुवात गरिएको काईक्रमको अध्यक्ष गगनदेव यादवले जनाएका छन ।

समाजवादी पार्टीको चलिरहेको विशु अभियान अवधिभर पार्टीका उपाध्यक्षहरुले अनुगमन गर्नेछन् । त्यसतै प्रत्येक प्रदेशमा अनुगमन गर्ने जिम्मा समेत दिएको छ । प्रदेश–१ मा रकम चेम्जोङ, प्रदेश–२ मा लालबाबु राउत, वागमती प्रदेशमा हिसिला यमी, गण्डकी प्रदेशमा हेमराज राई, प्रदेश–५ मा नवराज सुवेदी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा युवराज कार्कीलाई अनुगमनको जिम्मेवारी दिइएको छ ।अभियानको सुरुवात प्रदेश–१ मा वरिष्ठ नेता अशोक राई, प्रदेश–२ मा अध्यक्ष उपेन्द्र यादव, वागमती प्रदेशमा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, ५–प्रदेशमा उपाध्यक्ष नवराज सुवेदी, कर्णाली प्रदेशमा उपाध्यक्ष युवराज कार्की र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष हेमराज राईले गरेका छन।

आज महोतरीको रामगोपालपुरबाट शुरु गरिएको विशु अभियनमा महोतरी क्षेत्र नम्बर ४ का सांसद, महोतरी क्षेत्र नम्बर ४ क को प्रदेश सांसद कोशल कुमार यादव, क्षेत्र नम्बर ४ को अध्यक्ष गगनदेव यादव ,केन्द्रिय नेता राजकिशोर यादव, सोनमा गाउँपालिकाको प्रमुख राजकुमार यादव, उप प्रमुख विभा देवी साह, प्रवक्ता अशोक कुमार यादव, विभिन्न गाउँपालीका नगरपालीकामा रहेका पार्टी प्रमुख र विभिन्न संगठनका जिमेवार व्यक्तिहरुको उपस्थिति रहेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर